काठमाडौं, माघ २४ । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट भएको छ । आज बिहान भएको उक्त विस्फोटमा परी ११ जनाभन्दा बढी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
कमलपोखरीमा रहेको सानदार मम सेन्टरमा ग्यास सिलिन्डर विस्फोट भएको हो । विस्फोटमा परी घाइते भएकाहरूलाई उपचारका लागि कीर्तिपुर बर्न सेन्टर पठाइएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको बारेमा विस्तृत विवरण आएको छैन ।