Saturday, July 13, 2024
घरअर्थसातामा प्रतितोला ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

सातामा प्रतितोला ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

- Advertisement -spot_img

काठमाडौँ, ०२ असार । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो । जबकि, यो साताको शुक्रबारसम्म आइपुग्दा ७०० रुपैयाँ प्रतितोलाले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा आइपुगेको हो ।

यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार १०० रुपैयाँले घटेको थियो । यस्तै, मंगलबार तोलामा ३०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार ९०० ले घटेको थियो । यस्तै, बिहीबार ८०० ले घटेको मूल्य शुक्रबार फेरि ८०० ले नै बढेको थियो । यस्तै, यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १४ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार ३० रुपैयाँले घटेर १४ सय २५ रुपैयाँमा आइपुगेको हो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्