Friday, March 21, 2025
घरअपराधसाढे ५८ लाखको औषधीसहित ट्रक नियन्त्रणमा

साढे ५८ लाखको औषधीसहित ट्रक नियन्त्रणमा

- Advertisement -

पर्सा, चैत १ गते । सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिबाट ५८ लाख ५७ हजार रुपियाँ बराबरको औषधीसहित ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्ज  महानगर –१७ स्थित आईसिपीको चेकप्वाईन्टबाट फागुन ३० गते साँझ सशस्त्र प्रहरीले करिब ५८ लाख ५७ हजार रुपियाँ बराबरको औषधीसहित एउटा ट्रक नियन्त्रणमा लिएको सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताउनु भएकाे छ ।

ट्रकमा राखेर लैजाँदै गरेको औषधीको बिलमा जाँचबुझ गर्दा उल्लेख गरिएकाे भन्दा फरक अन्य सामान भेटेपछि औषधीसहित ट्रकलाइ नियन्त्रणमा लिएकाे डिएसपी थापाले भन्नु भएकाे छ । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ६५६४ नम्बरको ट्रकमा उक्त समानहरू रहेकाे भन्ने विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो । औषधी र सामान कहाँका लागि लगिएको भन्ने खुलेको छैन ।

नियन्त्रणमा रहेकाे औषधीसहितकाे ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्