परासी, असाेज ७ । पश्चिम नवलपरासीको सरावलबाट भन्सार छली गरेर ल्याएको साढे ४६ लाख मुल्य पर्ने अवैध समान बरामद भएको छ । सरावल गाउँपालिका–६ भुजहवादेखि परासी आउँदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनर जाँच गर्दा भन्सार छली गरे ल्याएको सामान प्रहरीले बरामद गरेको हो ।
सामानसहित कन्टेनर चालक सरावल गाउँपालिका–५ का बशिष्ठ थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।
बरामद भएको सामानमा जुत्ता, चप्पल, पेन्सिललगायत घरायसी सामान साढे २७ लाख र कन्टेनर १९ लाख रुपैयाँ बराबरको छ । बरामद सामान, कन्टेनर र चालकलाई भैरहवा भन्सारमा पठाइएको प्रहरीले जनाएको छ ।