Saturday, December 14, 2024
घरअपराधसहकारी रकम हिनामिनाको आरोपमा मुद्दा दर्ता गरिँदै

सहकारी रकम हिनामिनाको आरोपमा मुद्दा दर्ता गरिँदै

- Advertisement -spot_img

मध्यविन्दु, जेठ १८ । पुर्वी नवलपरासीमा सहकारीकाे रकम हिनामिना गरेकाे आरोपमा एक सांसदसहित ३५ जना विरूद्द सरकारी वकिल कार्यालय नलवपरासी (बर्दघाट सुस्तापूर्व) ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।

छिपछिपे उपभोक्ता सहकारी संस्थामा रकम हिनामिना गरेको आरोपमा मुद्दा गर्ने तयारी रहेकाे छ । कावासोती नगरपालिका ३ मा कार्यालय रहेको सहकारी संस्थाको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१  हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले शुक्रबार मुद्दा दर्ता गर्न लागेको जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिनुभएकाे छ।

“प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमासहकारीको रकम हिनामिना गरेको आरोपमा राप्रपा सांसद गीता बस्नेत, उहाँका ज्वाइँ नगेन्द्रबहादुर रिमाल, हालका व्यवस्थापक योगेन्द्र पाण्डे, सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मासहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गर्ने तयारी गरेका छौ”,उहाँले भन्नुभयो ।

गत हप्ता जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ रुपियाँ बराबरको बिगो, जरिवाना, हर्जना र जेलसजाय मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवादी बनाइएकामध्ये १० जना अहिले प्रहरीको हिरासतमा र अन्य २५ जना फरार रहेका छन् ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्