Wednesday, April 23, 2025
घररामग्रामसहकारीकाे कामकार्यवाहीलाई सचेत भएर अगाडि बढाउन आवश्यकः मेयर यादव

सहकारीकाे कामकार्यवाहीलाई सचेत भएर अगाडि बढाउन आवश्यकः मेयर यादव

- Advertisement -

परासी, पुष २८ । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका ३ परासीमा रहेको रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले देशकाे अहिले जल्दाेबल्दाे सहकारी ममस्यकाे विचमा रामग्राम सहकारीले सचेत भएर आफ्नो कामलाई अगाडि बढाउन आवश्यक रहेको भन्नुभयाे । नगरपालिका भित्र ३२ वटा सहकारी रहेकाे छ । जस्मा दुइवटा बन्द अवस्थामा भेटिएकाे उहाँले बताउनु भयाे । नगरभित्र सहकारीहरू संख्यात्मक रूपमा धेरै देखिए पनि १२/१३ वटा मात्रै राम्राे अवस्थामा रहेकाे छ भने अन्य धक्का दिएर चलाउनु पर्ने अवस्थामा रहेकाे उहाँले बताउनु भयाे ।

संस्थाका सचिव मुक्तिप्रसाद पौडेलले २०५९ सालमा डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भई २५ जना शेयर सदस्यहरूबाट सुरू भएकाे सहकारीमा अहिले संस्थाको कुल सेयर पुजी ५३ लाख ५७ हजार ७ सय पुगेकाे बताउनु भएकाे छ । लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा संयोजक अमरदीप गुप्ताले गत आर्थिक वर्षमा कुल २ करोड ९१ लाख कारोबार भएको र शुद्ध नाफा १ लाख ५० हजार २ सय भएको जानकारी दिनुभयो । यस्तै कोषाध्यक्ष सूर्यनाथ दास पटेलले ३ सय ४१ बाट ६ सय सेयर सदस्य पु¥याउने योजना रहेको बताउनुभयो ।

साधारण सभामा प्रोत्साहन स्वरुप उत्कृष्ट बचतकर्ता तथा ऋणीलाई सम्मान पनि गरिएको छ । सबैभन्दा बढि बचत गदे पहिलो हुने रिजन ज्ञवाली, दोस्रो सम्वृद्धि गौतम र तेस्रोमा सुप्रिम ढकाललाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको छ । यसैगरी उत्कृष्ट बचतकर्ता शिल्पा कुमारी हजाम र उत्कृस्ट ऋणिको रुपमा ममता गाहा मगरलाई सम्मान गरिएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्