Thursday, December 5, 2024
घरअर्थसवारीचालक अनुमतिपत्र छपाई २४ दिनदेखि बन्द

सवारीचालक अनुमतिपत्र छपाई २४ दिनदेखि बन्द

- Advertisement -spot_img

काठमाडौँ, भदौ १९ । सवारीचालक अनुमतिपत्र (लाईसेन्स)छपाई बन्द गरिएकाे छ ।

‘स्मार्ट लाइसेन्स’ भनेर छापिदै आएकाे लाईसेन्स २४ दिनदेखि बन्द भएकाे छ । यातायात व्यवस्था विभागले लाइसेन्स छाप्ने मेसिनले कार्ड चिन्न नसक्ने गरी ‘पर्सनलाइजेसन’ र सफ्टवेयरमा समस्या भएपछि नियमिततर्फको छपाइ बन्द भएको बताएको छ । 

साथै विभागले संविधान अनुसार लाइसेन्स छपाइको काम प्रदेश सरकारको भएकाले नछाप्ने भन्दै जिम्मेवारी प्रदेशतिर सोझ्याएको पनि छ तर छपाइ बन्द हुनुको वास्तविकता भने प्राविधिक नभएर आर्थिक रहेको छ । 

सम्झौता अनुसार मेसिनले रिड गर्ने कार्ड उपलब्ध नगराउँदा र मेसिन बिक्री गरेको भारतको मद्रास सेक्युरिटी प्रेस (एमएसपी) लाई विभागले बाँकी रकम भुक्तानी नदिँदा छाप्ने काम रोकिएको हो । नियमिततर्फको रोकिनु र आकस्मिक भने छपाइ हुनुले पनि यो कुरा पुष्टि गर्छ । नियमिततर्फको छपाइ २४ दिनदेखि बन्द छ ।

दुई वर्षदेखि एमएसपीलाई तीन करोड रुपियाँ भुक्तानी भएको छैन । त्यसैका कारण छपाइ रोकिएको हो । पुरानो कारोबार भएको र कम्पनीको नाममा बेरुजु पनि भएकाले भुक्तानीमा समस्या भएको यातायात व्यवस्था विभागले जनाएको छ । 

यातायात विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भन्नुभयो, “मेसिनले छाप्न नमिल्ने कुरा त होइन तर केही भुक्तानी बाँकी रहेछ । यो पहिलाकै कारोबार हो । भुक्तानी प्रक्रिया पु¥याएर काम गर्नुपर्ने अवस्था छ ।”  

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्