काठमान्डाैं, असाेज २० । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त हुनु भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएकाे हाे ।
संवैधानिक परिषद्ले राउतलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो । संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदन भएसँगै राष्ट्रपति पौडेलले राउतलाई नियुक्त गर्नु भयाे ।
राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरिएको जानकारी दिएको छ ।