Friday, May 23, 2025
घरराजनीतिसर्वोच्चको आदेशपछि रेशम चौधरी पक्राउ

सर्वोच्चको आदेशपछि रेशम चौधरी पक्राउ

- Advertisement -

काठमाडौं, वैशाख १७ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी फेरी पक्राउ पर्नुभएको छ । आज नाउपा र जनमत पार्टीको एकता सभा गर्ने तयारी गरिरहेकै बेला चौधरीलाई कमलादीबाट प्रहरीले चौधरीलाई पक्राउ गरेको काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले बताउनुभयो । 

टीकापुर घटनापछि पाँच वर्ष सजाय भोग्नुभएका चौधरीलाई गणतन्त्र दिवसको दिन गत जेठ १५ गते आममाफी दिइएको थियो । सोपछि उहाँ रिहा हुनुभएको थियो । त्यसको विरुद्धमा टीकापुर घटनाकी पीडित शारदा कडायतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । 

एसएसपी अधिकारीका अनुसार सो रिटमा सुनुवाई हुँदै सर्वोच्चले तत्कालका लागि थुनामा राख्नु भनी आदेश गरेपछि उहाँलाई पक्राउ गरी डिल्लीबजार लगिएको उहाँले जानकारी दिनुभयो । 

चौधरी संरक्षक रहेको नाउपा र जनमत पार्टीबिच आज पार्टी एकता घोषणा गर्ने तयारी गरिएको थियो । चौधरीको पक्राउसँगै एकता घोषणा गर्ने कार्यक्रम बिथोलिएको छ । पाँच वर्ष ३ महिना जेल सजाय भुक्तान गर्नुभएका चौधरी २०८० जेठ १५ गते आममाफी पाएपछि रिहा हुनुभएको थियो । २०७२ साल भदौ ७ गते टीकापुर घटना हुँदा नाबालकसहित आठ जनाको ज्यान गएको थियो ।  Gorkhapatra online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्