Monday, July 15, 2024
घरसमाजसर्लाहीमा भारतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु

सर्लाहीमा भारतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु

- Advertisement -spot_img

सर्लाही, फागुन १५ गते । हुलाकी सडक अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिका–३, मा सोमबार राति भारतीय स्कारपियो र मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका–६, बस्ने २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको हो । साेमवार राती ८ः२५ बजेतिर पूर्व पश्चिम हुलाकी सडकस्थित कौडेना गाउँपालिका ३ स्थित कौडेना र मुसैलीको बिच भागमा मलङ्गवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नै बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको डिएसपी थारुले बताउनु भएकाे छ । 

स्कारपियोका चालक भने फरार भएका र उनको खोजी भइरहेको डिएसपी थारुले बताउनुभयो । सर्लाहीमा पछिल्लो समय भर्खरै कालोपत्रे भएको हुलाकी सडकमा दैनिक जसो सवारी दुर्घटना भइरहेका छन् ।  गाेरखापत्र दैनिक अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्