Saturday, May 24, 2025
घरसरावलसरावल गाउँपालिकाकाे १५ औ गाउँ सभा (अधिवेशन)

सरावल गाउँपालिकाकाे १५ औ गाउँ सभा (अधिवेशन)

- Advertisement -

परासी, माघ १५ । सरावल तीन वटा ऐन जारी गर्दै नवलपरासीको सरावल गाउँपालिकाको १५ औं गाउँ सभा सकिएको छ । गाउँ सभाले तीन वटा विधेयकलाई ऐनको रुपमा जारी गरेको छ ।

जारी भएका ऐनमा सभा सञ्चालन विधेयक २०८१, व्यवसाय कर व्यवस्थित गर्न बनेको विधेयक २०८१ र शिक्षा ऐन दोस्रो संशोधन २०८१ रहेको अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी दिनुभयो । सभा सञ्चालन विधेयक २०८१, वडा नं. ७ का अध्यक्ष ह्यात अलि खाँ धुनियाँले प्रस्तुत गर्नुभएको थियो भने व्यवसाय कर व्यवस्थित गर्न बनेको विधेयक वडा नं. ४ की सदस्य
रञ्जना महतोले पेश गर्नुभएको थियो । त्यस्तै शिक्षा ऐन दोस्रो संशोधन विधेयक वडा नं. २ का कार्यबहाक वडाध्यक्ष तुफानीलाल गुप्ताले गर्नुभएको थियो ।
सभामा उपाध्यक्ष वासमती हरिजनले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट संशोधन प्रस्ताव र वडा नं. ३ का अध्यक्ष फिरङ्गी चौधरीले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभामा प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले चालु आर्थिक वर्षको ६ महिनाको प्रगति समिक्षा प्रस्तुत गर्नुभएको थियो । सभामा सहभागी भएका सदस्यहरुले जनप्रतिनिधिहरुलाई नेतृत्व तथा काम, कर्तव्य र अधिकारसम्बन्धी प्रशिक्षण सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्