परासी, माघ ३० । जनता प्रगतीशील पार्टीका (जप्रपा) राष्ट्रिय अध्यक्ष हृदेश त्रिपाठीले सरकार प्रभावकारी नभएको बताउनु भएको छ ।
मंगलवार जप्रपा अध्यक्ष त्रिपाठीले परासी स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकार शक्तिशाली छ तर प्रभावकारी नभएन बताउनु भएको छ । जनताले गरेको विश्वास र आशाको सरकार बन्न नसको उहाँले बताउनु भएको छ । सरकारको पछिल्लो राजनितिक घटना क्रम तथा विपाषपद निर्णहरुले गर्दा सरकार आलोचित बन्न पुगेको उहाँले भन्नु भएको छ । अहिलेको सरकारले दम्भको राजनितिमा अगाडि बढ्दा जनतको चाहना अनुसार काम गर्न नसकेको उहाँले भन्नु भएको छ । सरकारले अहिले ल्याएको अध्यादेश छापामार शैलीमा भएकोले त्यसले दिर्घकालीन असर पार्ने उहाँले बताउनु भएको छ । सरकारले अध्यादेश ल्याएपछि देशभरी नै तनाव पैदा भएको बताउनु भएको छ । एउटा जग्गा सम्बन्धी कारोबार गर्ने व्यवाियिहरु लाई हदबन्दीमा छुट दिएको छ । जस्मा हदबन्दी भन्दाबाहीर रहेका व्यावपारीहरु अत्याधिक लाभ लिन सक्ने व्यवस्था रहेको उहाँले आरोप लगाउनु भएको छ ।
यसैगरी अध्ययक्ष त्रिपाठीले बनक्षेत्र, सार्वजिनक जग्गा, आरक्षका जग्गा तथा तट्वर्ती जग्गाहरु लाई वितरण गर्न नमिल्ने भएपनि अहिलेको अध्यादेशले भने खुल्ला गरेको भन्नु भएको छ । जस्ले गर्दा बन, आरक्ष तथा तट्वर्ती क्षेत्र संकुचन हुनेछ । अव यस्ता जग्गाहरु हराउँदै जाने र यसको नाम गरिने वृक्षारोपण तथा डलर खेति बन्द गर्दिनुपर्छ त्रिपाठीले भन्नु भएको छ । र यसैसंग जोडिएका आयोगहरु गठन पनि आलोचित बन्न पुगेको उहाँले बताउनु भएको छ । त्यसैले सरकारले सच्चिएर काम गर्न आवश्यक रहेको उहाँले भन्नुभएको छ ।
यसैगरी मधेश केन्द्रित ८ दलहरु एक ठाउँमा बस्ने गरी हाम्रो काम अगाडि बढिसकेको त्रिपाठीले बताउनु भएको छ । हाम्रो सहकार्य कसैको विरुद्ध नभएको र हामि सामुहिक मुद्धामा काम गर्ने उहाँले भन्नु भएको छ । हामि एक ठाउँमा भएका दलहरु बाट सरकारमा रहेको दलहरु बस्ने नबस्ने उहाँहरुको आफ्नो पार्टी भित्रको कुरा यसमा ८ दलको कुनै स्वार्थ नभएको उहाँले भन्नु भएको छ ।