काठमाडौं, असोज ५ गते । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शुक्रबार अपराह्न सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको हो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले सरकार र शिक्षकबीच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर हुने तयारी भएको जानकारी दिनुभयो ।
गृहमन्त्री श्रेष्ठको नेतृत्वमा वार्ता भएको हो । वार्तामा शिक्षामन्त्री अशोक राई, कानुनमन्त्री धनराज गुरुङ, शिक्षा सचिव सुरेश अधिकारीसहित गृह, अर्थ र कानुन मन्त्रालयका सचिवहरु सहभागी हुनुहुन्छ ।
यसअघि बिहीबार सरकार र शिक्षकबीच दुई चरणमा छलफल भएको थियो । यही असोज ३ गतेदेखि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपाल शिक्षक महासंघ १८ बुँदे माग राख्दै आन्दोलनमा छ । साभार: गोरखापत्र