Wednesday, October 9, 2024
घरकृषिसरकारले पठाएन उँखु किसानको साढे १५ करोड अनुदान रकम

सरकारले पठाएन उँखु किसानको साढे १५ करोड अनुदान रकम

- Advertisement -spot_img

परासी, असोज २२ । नेपाल सकारकाले उँखु किसानलाई पठाउनु पर्ने अनुदानको रकम नपठाएपछि नवलपरासीका उँखु किसानहरु अनुदानकाे पैसाबाट वञ्चित भएका छन् । सरकारले नवलपरासी उँखु किसान दिनुपर्ने साढे १५ करोड रुपैयाँ अहिले सम्म पठाएको छैन् ।

नवलपरासीका उँखु किसानले चिनिमिलमा विक्रि गरेको उँखुबापतको अनुदान रकम पाउनु पर्ने हो । जिल्लामा ४ वटा चिनि मिलहरु (उद्योग) रहेका छन् । उद्योगले कोष तथा लेखा नियन्त्रक कार्यालय परासीमा पठाएको विवरणअनुसार आ.व.२०७९/०८० मा चार वटा चिनी मिलले कुल २२ लाख ४७ हजार ४७९ क्विन्टल उखु क्रसिङ्ग गरेका छन् । उक्त आ.व.मा बाग्मती चिनी उद्योग कुडियाले १० लाख ८० हजार ८४५ क्विन्टल, इन्दिरा चिनी उद्योग प्रतापपुरले ७ लाख २२ हजार ९०२ क्विन्टल, लुम्बिनी चिनी उद्योग सुनवलले ३ लाख ५६ हजार ४७४ र तत्व फर्म प्रा.लि. प्रतापपुरले ८७ हजार २५६ क्विन्टल उखु क्रसिङ्ग गरेको विवरण बुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल केशव पौडेलले जानकारी दिए । जस्मा नेपाल सरकारले किसानलाई प्रति क्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराउने निर्णय रहेकोे छ ।

७० रुपैयाँका दरले जिल्लाका किसानलाई कुल १५ करोड ७३ लाख २३ हजार रुपैयाँ अनुदानबापतको रकम सरकारले पठाउनु पर्ने हो । तर अहिलेसम्म नपठाउँदा किसानहरुले रकम पाउन सकेका छैनन् । गतवर्ष सरकारले उखुको प्रति क्विन्टल ६१० रुपैयाँ समर्थन मूल्य कायम गरेको थियो । जसमा उखुको मूल्य प्रतिक्विन्टल ५४० र ढुवानी भाडाबापतको प्रति क्विन्टल ७० रुपैयाँ सरकारले अनुदानबापतको रकम किसानलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।
अघिल्लो वर्ष (आ.व. २०७८/०७९) मा जिल्लाका तीन चिनी उद्योगले उपलब्ध गराएको ९ लाख २३ हजार १२८ क्विन्टलबापतको कुल ९ करोड ४६ लाख अनुदान रकम किसानहरुलाई वितरण गरिएको कोष तथा लेखा लेखा नियन्त्रक कार्यालयका लेखापाल पौडेलले बताए ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्