Wednesday, December 11, 2024
घरअपराधसय किलाे सुनकाण्डमा १० जना पक्राउ

सय किलाे सुनकाण्डमा १० जना पक्राउ

- Advertisement -spot_img

काठमाडौं, ५ साउन । राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गर्‍यो ।

त्यसपछि एक अर्ब रुपैयाँ भन्दा बढी मूल्यको सुनमा राजश्व अनुसन्धान विभागले चलाएको अपरेशनका क्रममा १० जना पक्राउ परेका छन् ।

बुधबार रातिसम्ममा विभागले ट्याक्सी चालक लामासहित भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलीप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई र तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ गरी ६ जनालाई पक्राउ गर्‍यो।

बिहीबार विमानस्थलबाट सुन तस्करी गिरोहका हालसम्मका नाइके भनिएका चिनियाँ नागरिक जीक्वाङ लिन पक्राउ परे । विभागले सुनसहितको सामग्री ल्याउने कार्गोका तीन जना सञ्चालकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन् ।
सुन तस्करी बारे थप अनुसन्धान भईरहेकाे विभागले जनाएकाे छ । स्राेत- – अनलाइन खबर

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्