Thursday, January 16, 2025
घरपर्यटनसम्राट अशोक र मेरो भावना जोडिएको छः प्रधानमन्त्री

सम्राट अशोक र मेरो भावना जोडिएको छः प्रधानमन्त्री

- Advertisement -spot_img

अनिल यादव परासी, मंसिर २६ । संसारमा शान्तीको सन्देशलाई विश्वव्यापी बनाउनमा सम्राट अशोकाले गरेको काम संग मेरो भावना र सम्बेद्धना जोडिएको पाउँछु प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बताउनु भएको छ । युद्धबाट शान्तिमा आएपछि सम्राट अशोकाले शान्तीको सन्देश दिने काम गरे र म पनि त्यही काम गरेको प्रधानमन्त्री प्रचण्डले भन्नु भएको छ ।

गौतम बुद्धको एकमात्र अस्तीधातु रहेको रामग्राम स्तूपमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २१औं सताब्दीको आजको विश्वमा शान्तीको आवश्यकता र त्यसको महत्व अझै बढ्नगएको भन्नु भएको छ । “युद्ध पश्चात युद्धका कमाण्डर सम्राट अशोकाले शान्ती प्रक्रियामा आएर गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा अशोका स्तम्भ स्थापना गरेर बुद्धको शिक्षालाई फेरी एकपटक नयाँ शिराबाट संसारमै लैजाने जमर्काे गरे त्यसबाट म उत्पे्ररित छु र यो कुरा साँचो हो” प्रधानमन्त्री प्रचण्डले भन्नु भयो । त्यसकारण मैले पहिला पनि र अहिले पनि संयुक्त राष्ट्रसंघको महासभामा विश्व समुदायको अगाडि शान्तीको निम्ती गरेको अपिल कहि न कहि सम्राट अशोकाको भवना संग जुटेको देख्छु प्रधानमन्त्रीले भन्नु भएको छ । उहाँले भन्नु भयो “भगवान गौतम बुद्धको सिंगो अस्तीधातु रहेको रामग्राम स्तूपबाट म भन्न चाहन्छु कि भगवान बुद्धको शिक्षाहरु लाई कार्यन्व्यन र त्यसबाट प्रेणा लिनका निम्ती मानवजातीलाई ईमान्दारितापुर्वक लागे र दृढतापूर्वक लागिरहने विश्वास तपाई सबैको अगाडि व्यक्त गर्न चाहन्छु” । त्यस्तो ठुलो युद्धबाट आएको एउटा सम्राटले शान्ती स्थापित गर्न सक्छ भने म त एउटा सानो युद्धबाट आएको मान्छेले किन नसक्ने मेरो आत्मविश्वास धेरै गहिरो भएको प्रधानमन्त्री प्रचण्डले आफ्नो कुरा व्यmक्त गर्नुभयो ।

केहि समय अगाडि महासचिव गुटेरेस र म लुम्बिनीमा गएर संयुक्तरुपमा शान्तीको अपिल गर्यौ । र तुरुन्तै व्यवहारमा समेत लागु भएको प्रधानमन्त्री प्रचण्डले भन्नु भयो । यस्तै सोही कुरालाई युईएईमा सम्पन्न भएको कोप २८ को सम्मेलनमा पनि अपिल गरेका थियौं र शान्तीको अपिललाई व्यवहारीक रुपले केहि ठोस परिणामको निम्ती रुपान्तरीत भएको प्रधानमन्त्रीले भन्नु भयो । आजको कार्यक्रममा उपस्थित सबैले जुन किसिमको प्रर्थना गरेका छौं र प्रतिबद्धता गरेका छौं यसको महत्व पनि धेरै बढेर जाने उहाँले भन्नु भयो ।

यसैविच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बनी संरक्षणमा मुस्लिम समुदायको ठुलो भुमिका रहेको बताउनु भयो । लुम्बिनी संरक्षणमा अन्य समुदायले गरेपनि मुस्लिमको मुख्य भुमिका रहेको मन्त्री किरातीले दाबि गर्नु भयो । पशुपतिनाथमा पशुपति मात्रै नभएर बुद्ध स्तूपाहरु र किरातीश्वरहरु पनि छन् । मध्यपहाडी लोकमार्गलाई केन्द्रविन्दु बनाएर ओल्लो छेउ देखि पल्लो छेउ सम्म साँस्कृतिक महारेखा बनाउन पाए साहै्र राम्रो हुन्थ्यो उहाँले भन्नु भयो । ईलामको माईपोखरी, खोटाङ्गको हलेसीमा हिन्दु, किरात र बौद्धहरु एकै ठाउँमा पुजा गर्छन भने मुक्तिनाथमा पनि हिन्दु र बौद्ध एकै ठाउँमा पुजा गर्छन जुन संसरमा यस्तो कहाँ होला पर्यटन मन्त्री किरातीले भन्नु भयो ।

यसैविच आर्चाय बालकृष्णले बुद्धको शिक्षालाई संसरभरि फैलाउन आवश्यक रहेको बताउनु भएको छ । बुद्ध यो देशको प्रतिष्ठा रहेकोले उहाँको जनजागरण फैलाउनमा सबैले लाग्नुपर्छ भन्नु भयो । बुद्ध नै हाम्रो पहिचान र बुद्ध नै हाम्रो आज सम्मान छ । त्यसैले परम्परा, ईतिहास र महापुरुषलाई संरक्षित गर्न सक्दैनौं भने त्यसलाई संसरले संरक्षित गर्दैन आर्चाय बालकृष्णले भन्नु भयो । यसैविचमा रामग्राम नगरपालिकाका मेयर धनपत यादवले रामग्राम स्तूप विकासलाई विशेष पहलको आवश्यकता रहेको बताउनु भायो । रामग्राम स्तूपलाई राष्ट्र गौरवको आयोजनामा समावेश गर्न आग्रह समेत गर्नुभएको छ । रामग्राम स्तूपको जमिनमुनि फैलिएको भौतिक संरचनालाई के–कति क्षेत्रमा फैलिएको त्यसको तत्काल यकिन गरि संरक्षणमा लाग्न उहाँले अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा भारतका सत्तापक्षका नेता राम बहादुर, परियोजना संचालनका आरकिटेक्ट स्टेफन रोय लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र प्रोमिस ल्याण्डका अध्यक्ष निकेश अधिकारी लगायतले बोल्नु भएको थियो ।


spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्