काठमाडौं, फागुन २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विकसित सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।
आज बिहान बसेको पार्टीको बैठकले सत्ता समीकरण परिवर्तनको सम्भावना देखिएकाले त्यसबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई दिइएको महामन्त्री मुकुल ढकालले बताउनु भएकाे छ ।
‘राजनीतिमा विकसित घटनाक्रमको सम्भावना देखियो भन्ने सभापतिले ब्रिफिङ गर्नुभयो । हामीले त्यसबारे निर्णय लिने अधिकार सभापतिलाई नै दिएका छौं’, उहाँले भन्नु भयाे । अनलाइन खबर