काठमाडौँ, फागुन १६ गते । सडक बोर्ड नेपालले छ वटा निर्माण कम्पनीबाट छ करोड ५८ लाख २० हजार ६९२ रुपियाँ असुल गर्न प्रक्रिया सुरु गरेको छ । बोर्डमा बुझाउनुपर्ने दस्तुर, मासिक किस्ता, हर्जाना र राजस्व गरी यो रकम असुलका लागि प्रक्रिया अघि बढाएको हो ।
उक्त रकम निमार्ण व्यवसायी कम्पनीहरू ले समय नबुझाउँदा लेखापरीक्षणकाे क्रममा बेरूजु समेत भएकाे हाे । दस्तुर रकम बुझाउनका लागि सड्क बाेर्ड नेपालले पटक पटक पत्राचार गर्दा पनि वेवास्ता गरीएपिछ अहिले सूचना प्रकाशन समेत गरिएकाे बाेर्डले जनाएकाे छ ।
गाेरखपात्र दैनिक अनलाइन