Thursday, January 16, 2025
घरसमाचारसडककाे अवस्था, कुन खुल्याे कुन अवरुद्ध ?

सडककाे अवस्था, कुन खुल्याे कुन अवरुद्ध ?

- Advertisement -spot_img

काठमाडौँ, असोज १६ गते । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार काठमाडौँ–नौबिसे–दामन–हेटौँडा सडक सुचारु भएको छ ।

प्रहरीले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार काठमाडौँ–मुग्लिङ–चितवन सडकखण्ड खुले पनि जाम रहेको अवस्था छ ।
चितवन–दाउन्ने–बुटवल सडक खुला गराए पनि राति १० देखि बिहान ५ बजेसम्म बन्द हुनेछ ।

हालसम्म खुलाइएको सडकखण्डहरुमध्ये मुग्लिन–पोखरा–बाग्लुङ सडक, हेटौँडा–पथलैया–जनकपुर सडक, बर्दिबास–कोशी ब्यारेज–इटहरी सडक, इटहरी–दमक–काँकडभित्ता सडक खुला भएको छ ।

यसैगरी, बुटवल–नेपालगञ्ज–धनगढी, नेपालगञ्ज–सुर्खेत–दैलेख, नेपालगञ्ज–चिसापानी–धनगढी र काठमाडौँ–सिन्धुपाल्चोक–दोलखा सडकखण्ड खुला भएको छ ।

कुन–कुन अवरुद्ध छन् ?
सिन्धुलीको नेपालथोक र काभ्रेको भकुण्डेबेसीमा पहिरोका कारण काठमाडौँ–धुलिखेल–सिन्धुली सडकखण्ड अवरुद्ध छ ।

टीकाभैरवमा गएको पहिरोका कारण ललितपुर–हेटौँडा सडक, भोटेकोशीमा पहिरोका कारण बाह्रबिसे–तातोपानी सडक र छैमलेमा पहिरोका कारण काठमाडौँ–बल्खु–सिस्नेरी सडक अवरुद्ध छ ।

प्रहरीले यात्रामा निस्कन अघि ११४९, १०३, १०० मा सम्पर्क गरेर सडकको अवस्था बुझ्न सकिने जनाएको छ । गाेरखापत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्