Saturday, December 14, 2024
घरराजनीतिसंसदीय समिति गठनमा कांग्रेसको अडान यथावत्

संसदीय समिति गठनमा कांग्रेसको अडान यथावत्

- Advertisement -spot_img

काठमाडौँ, वैशाख २६ । शुक्रबारदेखि सुरु हुने सङ्घीय संसद्को बजेट अधिवेशन पनि अवरोधरहित सञ्चालन हुनेमा चुनौती देखिएको छ । 

हिउँदे अधिवेशनबाटै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाएको सहकारीको रकम हिनामिनामा संसदीय समिति गठनबारे दलहरू सहमतिमा नपुग्दा आउँदो अधिवेशन पनि प्रभावित हुने देखिएको हो । आगामी अधिवेशनको काम कारबाही र संसदीय समिति गठनलगायतका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको सर्वदलीय बैठकका दलहरूले पुरानै अडान यथावत् राखेका छन् । 

प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीको ठुलो रकम हिनामिनामा बहालवाला उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नाम जोडिएकाले छानबिनको माग यथावत् राखेको छ । सर्वदलीय बैठकमा पनि कांग्रेसले पुरानै माग दोहोर्‍याएको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा गृहमन्त्री लामिछानेले भने समिति आवश्यक नरहेको धारणा नै दोहोर्‍याउनुभएको छ । प्रतिपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कांग्रेसको मागमा समर्थन जनाउँदै आएको छ । सर्वदलीय बैठकमा पनि राप्रपाले उक्त विषयमा समर्थन जनाएको छ । 

लामिछाने गृहमन्त्री कायम रहँदा मातहतको निकायले छानबिन गर्न नसक्नै भन्दै कांग्रेसले समिति माग गरेको हो । सर्वदलीय बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अधिवेशन प्रारम्भसम्म समिति गठनका लागि सत्तापक्ष तयार हुनेमा आफूहरू आशावादी रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “सहकारीको रकम हिनामिना भएको त्यसमा बहालवाला मन्त्री प्रबन्ध निर्देशक रहनुभएको कम्पनीले समेत रकम हिनामिना गरेको स्पष्ट प्रमाण छन् । हामीले उहाँलाई शङ्काको सुविधा दिएका छौँ । आगामी अधिवेशन प्रारम्भ हुँदासम्म सत्तापक्ष समिति गठनका लागि तयार हुने छ भन्ने आशा छ ।”

सत्तापक्षका दलहरूले भने व्यक्ति केन्द्रित रूपमा समिति गठन हुन नसक्ने बताउँदै आएका छन् । सर्वदलीय बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले व्यक्ति केन्द्रित गरेर समिति गठन हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्ति केन्द्रित रूपमा समिति गठन हुँदैन भन्नेमा हामी स्पष्ट छौँ । गाेरखापत्र दैनिक अनलाइन https://gorkhapatraonline.com/news/106888

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्