Friday, March 21, 2025
घरराजनीतिसंसदलाई प्रभावित पार्नु समाधानको उपाय होईनः अध्यक्ष त्रिपाठी

संसदलाई प्रभावित पार्नु समाधानको उपाय होईनः अध्यक्ष त्रिपाठी

- Advertisement -

परासी, जेठ १३ । जनता प्रगतिशिल पार्टी (जप्रपा) का अध्यक्ष हृदेश त्रिपाठीले संसदलाई प्रभावित पार्नु समाधानको उपाय नभएको बताउनु भएको छ ।

आईतवार पश्चिम नवलपरासीको जिल्ला स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै जप्रपा अध्यक्ष एंव पूर्वमन्त्री त्रिपाठीले संसदलाई प्रभावित पार्दा प्रणाली मात्रै कमजोर हुने बताउनु भएकाे छ । । उहाँले भन्नु भयो, “पछिलो समय विभिन्न विषयलाई लिएर प्रतिपक्षमा रहेको कांग्रेसले गरेको संसद अवरोधले देशलाई निकास दिनेछैन्् ।” कांग्रेसले उठाएको सहकारी सम्बन्धी मुद्धाको विषयमा संसद अवरोध अभद्र देखिएको अध्यक्ष त्रिपाठीले भन्नु भएको छ । कुनै व्यक्तिलाई तोकेर मात्रै छानबिन समिति बनाउन नमिल्ने बताउनु भएको छ । त्यसलाई अर्थ समितिले पनि छानबिन गर्नमिल्ने भन्नु भयो । देशमा आर्थिक र राजनितिक चुनौतिहरु थपिएको समयमा राजनितिक सहमति आवश्यक रहेको उहाँले बताउनु भएको छ । राजनितिक प्रतिशोध र प्रतिरोधले देश संकटमा जाने भएकोले राजनितिक बहसबाट निकास निकाल्न आवश्यक रहेको भन्नु भएको छ ।

देशमा नागरिकता, राहदानी, र सहकारी सम्बन्धी मुद्धाहरु उठान हुन आवश्यक छ । तर समाधान भने संसद अवरोध गरेर नहुने अध्यक्ष त्रिपाठीले भन्नु भएको छ । देशको आर्थिक अवस्था सुधार गर्नका लागि सम्पति शुद्धीकरण लगायत केही राजनितिक व्यक्तिको पहँुचको आडमा देशको पूजी पलायन रोक्न आवश्यक रहेको उहाँले भन्नु भएको छ । खासगरी नेपाली कांग्रेसका नेता एवं पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १का प्रतिनिधि सभाका संसद विनोद चौधरीलाई ताकेर उहाँले उनको सम्पती शुद्धिकरण, नागरिकता र राहदानी वारे छानविन गर्न सरकारसंग पत्रकार सम्मेलन मार्फत माग गर्नु भएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्