Saturday, December 14, 2024
घरराजनीतिसंविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

- Advertisement -spot_img

काठमाडौं, भदौ २६ गते । संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।

उहाँलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर उहाँको बाटोमै निधन भएको जनाइएको छ । 

शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उहाँलाई राती १ः२० बजे अस्पताल ल्याएको थियो । अस्पताल ल्याउँदा नै उहाँको शरीर चिसो भइसकेको थियो । 

डा. महर्जनका अनुसार, नेता नेम्बाङको ४ः२० मिनेटमा औपचारिकरुपमा निधन भएको अस्पतालले घोषणा गरेको हो । 

वाथरुम जाने क्रममा उहाँ ढल्नु भएको र परिवारका सदस्यले तत्कालै उपचारका लागि अस्पतालमा पुराएका थिए तर उहाँको बाटोमै निधन भएको थियो । 

डा. महर्जनले भन्नुभयो, ‘‘ हाम्रो अस्पतालको ठूलो टिमले निकै अथक प्रयास गरेको थियो,  तर उहाँको बाटोमै निधन भएकाले बचाउन सम्भव भएन ।’’ 

अहिले शिक्षण अस्पतालमा एमालेका नेताहरूको जम्मा हुने क्रम बढेको छ । आजकाे गाेरखापत्रमा छापिएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्