परासी,असोज २ । संविधान दिवसको अवसरमा पश्चिम नवलपरासीमा कर्मचारी र जनप्रतिनिधि पत्रकार विच फुटबल प्रतियोगिता भएको छ । उक्त प्रतियोगितामा जनप्रतिनिधि पत्रकारको टिम विजयी भएको हो ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १२ को खेलमैदानमा भएको विभिन्न सरकारी कार्यालयका कर्मचारी र जनप्रतिनिधि पत्रकार विचको खेलमा कर्मचारी टिमले हार व्यहोर्नु परेको छ । जनप्रतिनिधि पत्रकारको टिमले ४ गोल प्रहार गरि विजयी भएको खेल संयोजक विकास अधिकारीले बताए । भने कर्मचारीको टिमले जम्मा ३ गोल मात्र हान्न सकेको थियो । १ गोलको अन्तरले कर्मचारी टिम प्राजय भएको हो । संविधान दिवसको अवसरमा खेलिएको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख एवं कर्मचारीहरु, पालिका प्रमुख एवं वडाअध्यक्ष र पत्रकारहरु सहभागि भएका थिए ।
यस प्रकारको खेलले संविधान प्रतिको एकताको सन्देश दिने आयोजकको बुझाई छ । संविधान दिवसको अवसरमा सम्पन्न भएको फुटबल प्रतियोगिताले एक–अर्का प्रतिको सद्धभाव कायम समेत गर्ने आयोजकले बताएको छ । उक्त प्रतियोगितामा विजयी टिमलाई कप, उत्कृष्ट र बढि गोल गर्ने खेलाडिहरु लाई पनि कप प्रदान गरिएको छ ।