Friday, December 6, 2024
घरप्रतापपुरसंविधानमा सबैको अधिकार छ कार्यान्वयन हुनसकेन पूर्वराष्ट्रपतिः यादव

संविधानमा सबैको अधिकार छ कार्यान्वयन हुनसकेन पूर्वराष्ट्रपतिः यादव

- Advertisement -spot_img


नवलपरासी, असोज १५ । नेपालको संविधानमा सबैको अधिकारको प्रत्याभुति गरिएको गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले बताएका छन् । पुरै संविधान पढदै जाने हो भने कुनैपनि समुदाय र जातजातीलाई पछाडि नपारिएको बताए ।

सोमवार (आज) पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ को गुठ्ठि सुर्यपुरामा महामानव विश्वेश्वरप्रसाद कोइरालाको शालिक अनावरणमा आएका पूर्व राष्ट्रपति डा. यादवले सबै नेपाली नागरिकहरु लाई संविधानमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन् । संविधानमा भएको कुरालाई कार्यन्वयन नभएर मात्र संविधानको आलोचना हुने गरेको उनले भनेका छन् । एशिया मै यस्तो संविधान नरहेको उनि जिकिर गरेका छन् । अहिलेको संविधानलाई सहि ढंगले प्रयोग भने सबैको अधिकारलाई सुनिश्चित गर्न सकिने यादवले भने । देशमा लामो समयको क्रान्ती, जनमत संग्रह, सत्याग्रह, जनआन्दोलन, विभिन्न परिर्वतन, १० वर्षे जनयुद्ध, विभिन्न आन्दोलन लगायतको अवस्था पार गरेर अहिले बनेकोे संविधानमा सबैको अधिकारलाई सुनिश्चित गरिएको छ पूर्व राष्ट्रपति डा.यादवले बताए ।

यस्तै डा.यादवले विश्वेश्वरप्रसाद (विपि) कोइरालाको विचार वारे पनि वर्णन गरे । उनले विपिको विचारलाई उद्धत गर्दै हामि नेपालकाे गाउँवास्ती तथा ग्रामिणमा क्षेत्रमा पस्न आवश्यक रहेको भने । विपिले ग्रामिण क्षेत्रको विकासका लागि कृषिमा आधारित हुनुपर्ने पहिलै भनिसकेका रहेछन् पूर्वराष्ट्रपति डा.यादवले भने । नेपाल गाउँ नै गाउँको देश भएको हुनाले गाउँलाई कसरी सबल बनाउन सकिन्छ विपिको विचार हो डा.यादवले भने । अहिले कृषि क्रान्ती भनिएको कुरा विपिले उहिले नै भनेकोे डा.यादवदे भने ।

यसैविच पूर्वस्थानिय विकास राज्यमन्त्री घनश्याम यादवले देशमा परिवर्तन त आयो तर देशको जनतामा परिर्वतन नआएको बताएका छन् । उनले लोकतान्त्रीक सोचलाई व्यवहारमा पनि लागु गर्न आवश्यक रहेको उनले भनेका छन् । यसैविच पूर्वरक्षा राज्य मन्त्री रामबचन यादवले कृषि प्रधान देशमा किसानले मल नपाउनु देशको दुर्भाग्य रहेको बताएका छन् । किसानले पाउनु पर्ने मल समयमै नपाउनु किसानको लागि ठुलो समस्या रहेको बताएका छन् । किसान समृद्ध नभए सम्म देश कसरी समृद्ध हुने पूर्व रक्षाराज्य मन्त्री यादवले भनेका छन् । त्यस्तै संविधान सभा सदस्य एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिँह पुनले महिला र विभिन्न पछडिएको जातजातीको समावेशि सहभागिता नहुनुमा पार्टि भित्रको स्वार्थ भावले भएको हुनसक्छ बताएका छन् । संविधानले दिएको अधिकार सबैले पाउनु पर्ने तर राजनितिमा पनि कसै व्यक्तिगत स्वार्थले त्यो नभएको होला पुनले भने ।

त्यस्तै संविधान सभा सदस्य एवं लुम्बिनी प्रदेश नेपाली कांग्रेसका महामन्त्री विक्रम खनालले हामि सबैले देश बनाउनमा एकजुट हुन आवश्यक रहेको बताएका छन् । उनले सबैको आ–आफ्नो काम वा विचार होला तर देश बनाउनको लागि सबैको विचार एक हुन जरुरी रहेको बताएका छन् ।

हामानव विश्वेश्वर प्रसादको कोइरालाको शालिक करीब १० लागको लागतमा निमार्ण गरिएको गाउँपालिका अध्यक्ष उमेचन्द्र यादवले बताएका छन् ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्