परासी, माघ ७ । लुम्बिनी प्रदेशको प्रदेश सभाले संघीयता कार्यान्वयन गर्न स्थानीय तह संग प्रदेश सभा कार्यक्रम ल्याएको छ । संघियतालाई पुर्णरुपले स्थापित तथा कार्यान्वयन गर्न स्थानीय तह संग कानून निमार्ण तथा सभा सञ्चालन सम्बन्धी कार्यक्रम ल्याएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले बताउनु भएको छ ।
शनिवार पत्रकार भेटघाट गर्दै सभामुख तुलारामले राज्य शक्तिको स्रोत परिचालन गर्ने राज्यको तिन तह विचको सहकार्य गर्न आवश्यक रहेको बताउनु भएको छ । जस्मा स्थानीय तह संगको सहकार्य बढाउनका लागि लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा कार्यक्रम ल्याएको सभामुखले बताउनु भएको छ । स्थानीय तह र प्रदेशबिच रहेको विभिन्न कानूनी जटिलतालाई समाधान गर्न प्रदेश सभा सचिवालयले स्थानीय तह संगको छलफल तथा सहकार्यलाई अगाडि बढाएको छ । पछिल्ला सयम संघीयता माथी उठेका प्रश्नहरु लाई चिर्नका लागि पनि संघ, प्रदेश र स्थानीय तहले एक–आपसमा सहकार्य गर्दै अगाडि बढनु आवश्यक रहेको सभामुखले भन्नु भएको छ । उहाँले भन्नु भयो ‘हाम्रो संविधानले स्पष्ट के भनेको छ भने संघीयताको सार तत्व समन्वय, सहकार्य र सहअस्तित्व गरि तिन सिद्धान्तमा अधारित शासन प्रणाली अगाडि बढाउनु पर्छ । जस्ले गर्दा संघ, प्रदेश र स्थानीय तहको भुमिका स्पष्ट हुन्छ छ । हिजो एकात्मक शासन प्रणालीमा कानून निमार्ण गर्ने अधिकार एउटा सरकारलाई मात्रै थियो जुन काठमान्डौंमा सिमित थियो तर संघीयताले गर्दा तीन तहको सरकारले पाएको उहाँले भन्नु भएको छ ।
एकात्मक शासन प्रणालीमा पनि स्थानीय तह गाविसको नाममा निकाय जस्तै थियो तर प्रदेश संरचना थिएन् । अहिले प्रदेश तह सबै भन्दा नयाँ र अपरिचित रहेको छ । स्थानीय र प्रदेशबिच को कानुन निमार्णमा पनि विभिन्न जटिलताहरु रहेको छ । जसलाइ समाधान गर्नका लागि यि दुई तह बिचको सहकार्य बढाउनु पर्ने आवश्यक देखिएको उहाँले भन्नु भएको छ । प्रदेशले बनाउने कानुन तथा बजेटको विषयमा स्थानीय तहलाई सहकार्य तथा स्थानीय तहले बनाउने बानुनहरु को विषयमा प्रदेश संगको सहकार्य गर्न सभामुलले आग्रह गर्नु भएको छ । उहाँले भन्नु भयो ‘बन, खोलानाला तथा ढुङ्गा गिट्टि र सहकारी लगायत थुप्रै ऐनहरु मा जटिलता रहेको छ ।’ यि सबैलाई समाधान गर्न एकआपसको सहकार्य नै आवश्यक रहेको भन्नु भयो ।
लुम्बिनी प्रदेश सभाले स्थानीय तह र प्रदेश तह विचको जटिलता तथा असम्झदारी हटाउनका निम्ति पनि यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । पश्चिम नवलपरासीको सुनवल र रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिका गरी तिन वटा स्थानीयहरु संग उक्त कार्यक्रम सम्पन्न गरेकोे छ । अहिले सम्म प्रदेशभरीमा छ जिल्लामा यो कार्यक्रम सम्पन्न गरिसकेको लुम्बिनी प्रदेश सभा सचिवालले बताएको छ ।