Thursday, January 16, 2025
घरस्थानीयसंघियताको मर्म अनुसार देश चलेन् : अध्यक्ष यादव

संघियताको मर्म अनुसार देश चलेन् : अध्यक्ष यादव

- Advertisement -spot_img

परासी, पुष १६ । जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादवले देश संघीयताको मर्मअनुसार अघि बढ्न नसकेको बताउनुभएकाे छ ।

साेमवार जसपाकाे पश्चिम नवलपरासीले संगठन निर्माण अभियान कार्यक्रम अन्तरगत हकुईमा गरेको सभालाई सम्बाेधन गर्दै संघीयताले देशमा प्रदेश स्थापना भएपनि सीमित अधिकारका कारण अझै पनि जनताले संघीयताको अनुभूति गर्न नपाएको उहाँले बताउनुभयो । उहाँले भन्नु भयाे संघीयताकाे सारभूत आवश्यकतालाई बुझेर कम गर्न आवश्यक छ । नेपाल कृषि प्रधान देश भएपनि मल, बीउ र कृषि उपकरण अभावका कारण किसानहरुले उत्पादन गर्न नसकेको अध्यक्ष यादवको भनाई थियो ।

कार्यव्रmममा जसपा लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले सरकारले संविधान संशोधनमार्फत मधेसी जनताको प्रतिनिधित्वलाई बढाउनुपर्ने बताउनुभयो । जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा केन्द्रीय सदस्य एंव पूर्वरक्षाराज्यमन्त्री रामवचन यादव, लुम्बिनी प्रदेश कोषाध्यक्ष एंव रोहिणी गाउँपालिका अध्यक्ष विद्या यादव, समाजवादी युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष राजु यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, नवलपरासी जिल्ला सचिव मदन यादव, रामग्राम वडा नं १६ का वडाध्यक्ष विजयकुमार यादवल गायतले पार्टी संगठनका बारेमा धारणा राख्नु भएकाे थियो ।

संगठन निर्माण अभियान अन्तरगत भोली जिल्लास्तरीय प्रशिक्षण कार्यव्रmमको आयोजना गरिएको जसपाले जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्