Sunday, January 19, 2025
घरअपराधश्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गर्यो

श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गर्यो

- Advertisement -spot_img

परासी, वैशाख २४ । पश्चिम नवलपरासीमा श्रीमती लाई हत्या गरि फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

रामग्राम नगरपालिका १६ सबुनीकी ललिता कँहारलाई उनका श्रीमान जोखन कँहारले गत वैशाख २१ गते धरिलो हतियार प्रयोग गरि हत्या गरेर फरार भएका थिए । प्रहरीले तिनलाई खोजतलास गर्दा आज विहान साढे आठ बजे पाल्हीनन्दन गाउँपालिका ६ पडरी बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एंव सूचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिनु भएको छ । उहाँका अनुसार श्रीमान श्रीमती विच लामो समय देखि विवाद हुँदै आएको थियो । आठ वर्ष अगाडि विवाह भएका ती दुवैजनाको दुई छोराहरु छन् ।

भारतको महारजगंज जिल्ला स्थित नौतनवा माइतीघर भएकी ललिताको श्रीमान संग ६ महिना अगाडि विवाद भएको थियो । विवाद भएपछि उनी माईति नै बस्दै आएकी थिईन । पछि उनका श्रीमान जोखनले सासु–ससुरा संग , “म सुध्रिन्छु अब कुटपिट गर्दैन” भन्दै वैशाख २१ गते श्रीमतीलाई आफ्नै घरमा ल्याएका थिए । सोही दिन राति साढे १० बजे उनि श्रीमतीलाई आँफु सुत्ने कोठामा धारिलो हतियार प्रयोग गरि हत्या गरेर फरार भएका थिए । प्रहरीले आज तीनलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीका लागि नवलपरासी जिल्ला अदालतबाट कर्तव्य ज्यानको मुद्धा चलाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्