Saturday, April 13, 2024
घरराजनीतिशोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित

- Advertisement -spot_img

काठमाडौँ, चैत ४ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । सभामुख देवराज घिमिरेले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभएको हो । 

बैठकमा स्वर्गीय अन्सारीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । अन्सारीको ६० वर्षको उमेरमा आज उपचारका क्रममा निधन भएको हो । उहाँकाे निधनपछि प्रतिनिधिसभाको आजको बैठकमा शोक प्रस्ताव पारित गरेर सोमबार ११ बजे बस्नेगरी स्थगित भएको हो । 

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ को प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित अन्सारीले विसं २०४६ को जनआन्दोलनबाट राजनीतिक यात्रा सुरुवात गर्नुभएको थियो ।

उहाँको निधनप्रति बैठकले शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदन प्रकट गरेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्