नवलपरासी, चैत ८ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सहिमा बनेकोे शीत भण्डार (चिस्यान केन्द्र) चलाउनका लागि सुस्ता गाउँपालिकाले व्यवसायी (व्यपारी) खोज्दै छ ।
पाँच करोड भन्दा बढि लागतमा बनेको उक्त शीत भण्डार उपयोगविहिन अवस्थामा छ । सुस्ता गाउँपालिका अध्यक्ष टेकनरायण उपाध्यायले उक्त शीत भण्डारमा चलाउन समान्य काम नभएको भन्दै सञ्चालनका लागि व्यवसायी खोज्ने तयारीमा जुटेका छौं भन्नुभएको छ । पुर्व तयारी विना बनाईएको शीत भन्डार अहिले सञ्चालनमा ल्याउन एकदमै कठिन कार्य भएको उहाँले भन्नुभएको छ । सुस्ता गाउँपालिकाको मुख्य बाली उँखु र केरा खेती रहेको छ । तर शीत भण्डारमा आलु, प्याज मात्रै राख्ने मिल्ने भएकोले शीत भण्डारले बजार नपाएको उहाँले बताउनु भयो । शीत भण्डार बनाउनु भन्दा पहिलै यहाँको मुख्य उत्पादनमा केन्द्रीत नभई हावातालमा बनाईएकोले उपयोग विहिन बनेको उपाध्यायले बताउनु भएको छ । गाउँपालिकाको अघिल्लो कार्यकाल गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेको पालामा उक्त शीत भण्डार बनाउने काम भएको हो । यतिधेरै लगानीमा बनेको शीत भण्डार प्रयोगमा नआउनु चिन्ताको विषय बनेको छ । अध्यक्ष उपाध्यायले भन्नुभयो, “यहाँका कृषकहरु गर्नुहुन्न र शीत भण्डार बनेको ठाउँ पनि उपयुक्त छैन् । अव सूचना निकाल्छौं र व्यपारीलाई ठेक्का लेउ अनि चलाउ भन्छौ ।”
शीत भण्डार चलाउन व्यावसायीलाई दिनका लागि गाउँपालिकाले कार्यविधि समेत तयार गरेर अगाडि बढेको गाउँपालिका उपाध्यक्ष गिता चौधरीले बताउनु भयो । चलाउनका लागि गाउँपालिकाले धेरै प्रयास गर्यो तर किसानले गर्न नखोजेर अहिले तयारी अवस्थामा रहेको शीत भण्डार सञ्चालनमा आउन सकेको छैन्, चौधरीले भन्नुभएको छ । गाउँपालिले चालु आ.व.मा आलु, प्याज मिसन कार्यक्रम मार्फत किसानलाई अनुदान दिनका लागि आलुमा दश लाख र प्याजमा ४ लाख बजेट नै विनियोजन गरेको थियो । तर किसानहरु को आवेदन नपरेको उहाँले गुनासो गर्नुभएको छ । एकवर्ष अगाडि शीत भण्डारलाई ठेक्दारले निमार्ण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरको थियो । तर त्यहाँ भित्र र बाहिर धेरै कामहरु अधुरो थियो । अहिले हामिले अधुरो कामलाई पुरा गरिसकेका छौं उपाध्यक्ष चौधरीले भन्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानि शीत भण्डार निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताउनु भएको छ । शीत भण्डारको क्षमता हजार मेट्रिक टन भएपनि पाँच सय मेट्रिक टन सम्म चलाउने तयारी छ ।