Thursday, December 11, 2025

शीतलहर प्रभावितलाई सिरक वितरण


परासी, माघ १० । शीतलहरले प्रभावित बनेका नवलपरासीको रामग्राम नगरपालिका तीन वटा वडामा अति विपन्न समुदायलाई बुधबार सिरक वितरण गरिएको छ ।

नगरपालिकाको १०, १४, १५ र १६ नम्बर वडाका ५० घरधुरीका अति विपन्न समुदायलाई फाइबरको सिरक वितरण गरिएको हो । स्थानीयवासी एंव पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निर्देशक डा. प्रवेश सिंह कुँवरको समन्वयमा काठमाण्डौं महानगरपालिका५ हाडीगाउँस्थित हाम्रो सोँच नामक संस्थाले उपलब्ध गराइएको ५० थान सिरक वितरण गरिएको हो ।


गत दुई सातादेखि जिल्लामा शीतलहरसँगै चिसो बढेको छ । चिसो बढेर स्थानीय जनजीवन कष्टकर बनिरहँदा स्थानीय तहहरुले बजार क्षेत्रमा सामान्य दाउरा वितरण गरेपनि न्यानो कपडा भने वितरण गरेका छैनन् । जसले गर्दा विपन्नहरु न्यानो कपडाबाट बञ्चित भएका छन् । चिसोका कारण विपन्न समुदायको बसाइँसमेत कष्टकर बनेकाले सामाजिक संस्थामार्फत न्यानो कपडा वितरण गरिएको डा. कुँवरले बताउनुभयो । शिक्षा, स्वास्थ्य, सरसफाई र विपद् व्यवस्थापनमा सहयोग गर्दै आएको उक्त संस्थाले कपडा बैंक मार्फत न्यून आए भएका समुदायलाई शीतलहरको समयमा कपडा उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ ।

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार