Thursday, April 24, 2025
घरअपराधशसस्त्र प्रहरी द्धारा पटका बरामद, गोदाम सम्म पुग्दा स्थानीय संग विवाद

शसस्त्र प्रहरी द्धारा पटका बरामद, गोदाम सम्म पुग्दा स्थानीय संग विवाद

- Advertisement -

परासी, असोज २३ । पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीले पटका बरामद गरेको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १२ को कुनवार बाट प्रहरीले पटका बरामद गरेको हो ।

शसस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेडकवार्टर नवलपरासीको गस्ती टोलीले चेकजाँच गर्दा पटका बरामद गरेको हो । प्रदेश नं. ३–००१ च ११३८ नम्बरको पिकअपलाई शंका लागेर चेकजाँच गर्दा प्रहरीले ९ लाख ५० हजार भन्दा बढीको पटका बरामद गरेको गणका सूचना अधिकारी डीएसपी यज्ञमान साउदले बताए । नवलपरासीको सिमापारी रहेकोे भारतको ठुठिबारीबाट महेशपुर नाका हुँदै पटकालाई नेपाल भित्र्याएको हो । पटका सहित बरामद गरिएको पिकअपलाई आवश्यक कार्यवाहिको लागि महेशपुर भन्सारमा पठाईएको छ भने पटकालाई खाल्डोमा पुरेर नष्ट गरिएको छ । यस्तै थप अनुसन्धानको लागि प्रहरीले गोदाम सम्म पुग्नका गाडि चालकलाई लिएर गएको थियो । तर प्रहरीले खोजतलास गर्दा स्थानीय संग विवाद समेत उत्पन्न भएको थियो । उक्त विवादको मौका छोपि स्थानीयले गाडि चालक पाल्हीनन्दन ३ का सुनिल गुप्तालाई भगाएको शसस्त्र प्रहरीले जनाएको छ ।

नजिकदै गरेको दशैं तिहार तथा छठपर्व लक्षित तस्करीहरु हुने गर्दछ । प्रहरीले उक्त तस्करीलाई नियन्त्रणमा नियन्त्रणका लागि निगरानी बढाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्