Thursday, December 5, 2024
घरअर्थव्यवसायीको गुनासोःबैकको चर्को व्याजले उद्योगै बन्द गर्ने अवस्था

व्यवसायीको गुनासोःबैकको चर्को व्याजले उद्योगै बन्द गर्ने अवस्था

- Advertisement -spot_img

परासी, १२ असार । पश्चिम नवलपरासीमा उद्योगि व्यवसायिहरुले बैकको चर्को व्याजले उद्योगै बन्द गर्ने अवस्था आएको बताएका छन् । अहिलेको आर्थिक तरलतामा बैंकले लिदै गरेको चर्को व्याजले उद्योगि व्यवसायिहरुले व्यवसाय गर्न नसकिने बताएका छन् ।

जिल्ला समन्वय समिति प्रमुख भौगती प्रसादको नेतृत्वमा बसेको अन्तरक्रियात्मक छलफल कार्यक्रमा निजि क्षेत्रका उद्योगि व्यवसायिहरु ले हाम्रो व्यवसाय नै धरापमा परेको भनेका छन् । बजारमा उत्दापनको खपत कम र बैंकलाई समय मै चाहिने चर्को व्याजले उठिबास नै गराउने डर सताएको बताए व्यवसायिहरु को भनाई छ । यसैविच व्यवसायिहरु ले बैंकहरुलाई एकल अंक व्याजदर लागु गर्न माग गरे ।

खासगरि पछिल्लो समय केही उद्योगहरु बन्द हुने अवस्थामा रहेको बजारमा हल्ला छ । निजि क्षेत्रका व्यवसायि र आम नागरिकहरु बाट बैंक प्रतिको गुनासो उठेपछि जिल्ला समन्वय समितिले आज बैंकर्स र सरोकारवाला पक्षलाई राखेर अन्तरक्रिया कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघं लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारीले बैङ्कको चर्को ब्याजदर र करमा वृद्धि हुँदा उद्योगी व्यवसायी हतोत्साही भएको बताउनुभयो । उद्योग व्यवसाय क्षेत्रलाई संरक्षण गर्ने राज्यको दायित्व हो । अहिले मारमा परेका निजी क्षेत्रको व्यवसायीलाई संरक्षण आवश्यक रहेको उहाँले भन्नु भयो । त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य केशव भण्डारीले पछिल्लो समय बैङ्कमा रकम मर्जरको अवस्थामा जानु चर्को व्यजदरको उद्हरण रहेको भन्नु भयो । लगानी नै नभएपछि बैंकहरु कसरी चल्छ त्यसको सहज वातावरण बनाउन व्यजदरमा गहन छलफल आवश्यक रहेको भण्डारीले भन्नु भयो ।

परासी बैंकर्स संघका अध्यक्ष डिल्लीराज खनालले बैङ्कहरूमा पैसा थुप्रिन थालेकोले अब बिस्तारै सहज हुँदै जाने बताउनुभयो । उहाँले बैङ्कहरू नेपाल राष्ट्र बैङ्कको नीति निर्देशनमा चल्ने गरेको बताउँदै ब्याजदर नियन्त्रणका लागि सरकार र राष्ट्र बैङ्कलाई नै घच्घच्याउन आग्रह गर्नुभयो । ऋणीसँगै बैङ्कमा बचत गर्ने सर्वसाधारणको रकम सुरक्षा गर्ने जिम्मेवारी पनि बैङ्कको रहेकोले व्यवसायीले एकतर्फी सोच्न नहुने उहाँको तर्क थियो । देशको आर्थिक अवस्था, तरलता,माग र आपूर्ति तथा बजारको अवस्थाले गर्दा ब्याजदर सधैँ समान नहुने उहाँको भनाई थियो ।

जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले चर्को ब्याजदरका कारण व्यवसायी मारमा परेकोले यसको समाधानका लागि जिल्ला समन्वय समितिले जिल्लास्थित बैङ्क, निजी क्षेत्र तथा सरकारका प्रतिनिधिबीच सहजीकरण गरेको बताउनुभयो । उहाँले जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घ मार्फत सरकारलाई ध्यानाकर्षण गराउने गरी सबै पक्ष लाग्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

उक्त अवसरमा रामग्राम नगरपालिकाका मेयर धनपत यादव, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक)ले चर्को ब्याजदरका कारण व्यवसायी तथा आम सर्वसाधारणसमेत प्रताडित भएको उल्लेख गर्नुभयो । कार्यक्रममा स्थानिय तहका प्रमुखहरु, निजि क्षेत्रका उद्योगि व्यवसायिहरु, पत्रकार , बैंकर्स र अन्य बुद्धजिविहरुको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्