Friday, December 6, 2024
घरपर्यटनविश्व फोटो पत्रकारिता दिवसः पाटनमा फोटो प्रदर्शनी

विश्व फोटो पत्रकारिता दिवसः पाटनमा फोटो प्रदर्शनी

- Advertisement -spot_img

काठमाडौं, भदौ ३ । राष्ट्रिय फोटो पत्रकार समूहले नेपालमा अवस्थित हिमालका तस्बिरहरु प्रदर्शन गरेको छ ।


सोमवार ललितपुरको पाटन दरबार स्क्वायरमा समूहको २७ वर्ष पुगेको अवसरमा आजदेखि फोटो प्रदर्शनी आयोजना गरेको हो । फोटो पत्रकार समूहले हरेक वर्ष विश्व फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी लगायत विविध कार्यक्रमहरु गर्दै आएको जनाएको छ । फोटो प्रदर्शनी भने तीन वर्षअघिबाट मात्रै शुरु गरेको र त्यसकै निरन्तरता स्वरुप प्रदर्शनीको आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताउनु भयो । उहाँले जलवायु परिवर्तनले विश्वमा पारेको प्रभावसँगै हिमालहरुमा परेको अवसरको जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिएको बताउनु भयो । उहाँले फोटो प्रदर्शनीमा ४० फोटो पत्रकाहरुले खिच्नुभएका ५५ वटा हिमालका फोटाहरु राखिएको बताउनु भयो । अध्यक्ष पन्तले विगतको तुलनामा अहिले फोटा खिच्नको लागि पत्रकारहरुलाई सहज अवस्था नभएको बताउनु भयो । उहाँले पछिल्लो समय फोटो पत्रकारहरुको पेशालाई पनि आर्टिफिसियल इन्टिेलिजेन्स (एआई) ले चुनौति दिइरहेको बताउनु भयो । उहाँले एआई,मोबाइल फोटो ग्राफिक्सको कारणले व्यवसायिक फोटो पत्रकारितालाई असर पारेको देखिएको बताउनु भयो । 


अध्यक्ष पन्तले फोटो पत्रकारिता व्यवसायको क्षमता विकास गरी नेपालका ऐतिहासिक फोटोहरुको माध्यमबाट विश्वलाई चिनाउँदै फोटोमार्फत पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो । ऐतिहासिक तस्बिरहरुले राष्ट्रको पहिचान बढाउने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्