काठमाडौँ, वैशाख २१ । ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । विभिन्न सङ्घ, सङ्गठन तथा संस्थाका पत्रकारहरू प्रभातफेरी कार्यक्रममा सहभागी थिए ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासङ्घको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको छ । महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट सुरु भई भृकुटीमण्डपस्थित महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो ।
प्रभातफेरीमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरुको सहभागिता थियो । प्रभातफेरीमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाललगायत सङ्घसङ्गठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।
नेपाल महासङ्घको २७औँ महाधिवेशन प्रारम्भ भएको छ । महाअधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् ।