Friday, May 23, 2025
घरराजनीतिविश्वप्रकाशको प्रधानमन्त्री ‘प्रचण्ड’लाई प्रश्न : एमाले र कांग्रेस मिल्दा हालत के होला...

विश्वप्रकाशको प्रधानमन्त्री ‘प्रचण्ड’लाई प्रश्न : एमाले र कांग्रेस मिल्दा हालत के होला ?

- Advertisement -

काठमाडौँ, फागुन ३० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई  एमाले र कांग्रेस मिल्दा कहाँ जानुहुन्छ भन्दै प्रश्न गर्नु भएकाे छ । 

बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको प्रस्तावमाथिको छलफलका क्रममा उनले पहिले धोका पाएको एमाले र कांग्रेस मिले के होला भन्दै प्रश्न गर्नु भएकाे हाे ।

‘पोहोर एमाले विपक्षमा रहेको, अहिले कांग्रेस विपक्षमा रहेको । पक्षको मात्रै जोड्दै गर्दा पालैपालो विपक्षमा रहेको क्लियर हुँदैन र हिसाब ? धोका खाएकाहरू एकै ठाउँमा उभिए भने नि, धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि ?,’ उनले भने, ‘तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू ? अघि यहाँले कांग्रेसको कसैलाई राजनेता भन्नुभएको छ ।’ 

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच सहमति  हुने संकेत गर्दै प्रचण्डको प्रधानमन्त्रीको पद नरहने बताए ।

यस्तै  शर्माले कांग्रेस माओवादीको मात्रै बलमा ठुलो पार्टी नभएको बताए । ‘कांग्रेसले कुनै समय एक्लै दुई तिहाइ, कहिले बहुमतमा रहेको थियो । तर तपाईंहरू कांग्रेसलाई पहिलो दल बनायौँ भन्दा गर्दा मुस्किलले तेस्रो डिभिजनमा आउँदा हाम्रो पनि सहयोग छ भन्ने कुरा कसरी बिर्सनुहुन्छ ?’, शर्माले भने । राताेपाटी https://www.ratopati.com/story/416337/biswoprakash-sharma

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्