काठमाडौं, जेठ १७ । आईसीसी टी- २० विश्वकप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो वार्मअम खेल खेल्दै छ । नेपालले पहिलो वार्मअप खेलमा क्यानडाको सामना गरेको थियो भने दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
आज राति सवा ९ बजे खेल सुरु हुनेछ । यो नेपालले खेल्ने दुई वार्मअप खेलमध्ये दोस्रो हो ।
पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो । नेपालले दोस्रो खेलबाट आफ्नो लय सुधार्ने लक्ष्य लिएको छ ।
विश्वकपमा सहभागी सबै टोलीलाई २/२ वार्मअप खेल्ने व्यवस्था मिलाइएको छ ।