Thursday, December 11, 2025

विभिन्न प्रकारका लागुऔषधसहित १२ जना पक्राउ

काठमाडाैं, ८ असार | विभिन्न प्रकारका लागुऔषधसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई लागुऔषध विशेष ब्यूरोले शुक्रवार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पाँच जना विदेशीसमेत छन् । 

उनीहरूबाट लागुऔषध एलएसडी दश हजार १३१ पिस, कोकिन ३.७ ग्राम, चरेश ६.८६० किलो, खैरो हिरोइन सय ग्राम, गाँजाको धुलो करिब पाँच किलो, कोकिन १६ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । ब्यूरोका अनुसार उनीहरूको साथबाट एक लाख ३९ हजार भारतीय रुपैयाँ, सात सय यूरोसमेत बरामद गरिएको छ । source- lokantar

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार