काठमाडाैं, ८ असार | विभिन्न प्रकारका लागुऔषधसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई लागुऔषध विशेष ब्यूरोले शुक्रवार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पाँच जना विदेशीसमेत छन् ।
उनीहरूबाट लागुऔषध एलएसडी दश हजार १३१ पिस, कोकिन ३.७ ग्राम, चरेश ६.८६० किलो, खैरो हिरोइन सय ग्राम, गाँजाको धुलो करिब पाँच किलो, कोकिन १६ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । ब्यूरोका अनुसार उनीहरूको साथबाट एक लाख ३९ हजार भारतीय रुपैयाँ, सात सय यूरोसमेत बरामद गरिएको छ । source- lokantar