परासी । महामानव विशेश्वर प्रसाद कोईराला (विपि) को ११०औं जन्मजयन्तीको अवसरमा नेपाल महिला संघ नवलपरासीले फलफुल वितरण गरेको छ ।
आज विहान जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा महिला संघले फलफुल वितरण गरेको हो । अस्पतालमा रहेका विभिन्न विरामीहरु लाई फलफुल वितरण गरिएको हो । विपिको स्मरणमा मनाईएको विपि जन्मजयन्ती कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामनत्री एवं संविधान सभा सदस्य विक्रम खनालले विपिको मार्गमा सबैलाई हिड्न आग्रह गर्नु भएको छ । नेपाली कांग्रेसमा महामानव विपि कोईरालको ठुलो योग्दान रहेको प्रमुख अतिथि खनालले भन्नु भएको छ । उहाँको विचारलाई नेपाली कांग्रेसका नेता वा कार्यकर्ता मात्रै नभई अन्य बुद्धजिवि वर्गहरु ले पनि सम्मान गर्ने गरेको खनालले भन्नु भयो । विपि जहिले पनि पार्टिको विधि र विद्यानलाई मान्नु हुन्थ्यो र हामि पनि उहाँ कै सिद्धान्तमा पार्टीमा लाग्न आवश्यक रहेको उहाँको भनाई थियो ।
यस्तै लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठकले विपि जन्मजयन्ती मनाउनुको कारण नै विपिको ठुलो योग्दान रहेको बताउँछ भन्नु भयो । विपिको मार्गलाई पार्टीले अवलम्बन गर्नु जरुरी रहेको प्रदेश सभा सदस्य पाठकको भनाई छ ।
नेपाल महिला संघ नवलपरासीको अध्यक्ष मिठ्ठु केसि को अध्यक्ष्तामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस नवलपरासीको कार्यवाहक अध्यक्ष विक्रम यादव, सचिव द्धोय उमेशचन्द्र यादव, कुल्दीप आचार्य, महासमिति सदस्य राधेश्याम पाठक लगायत नेपाली कांग्रेसकै विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।