Wednesday, April 23, 2025
घरशिक्षाविद्यालयमा पढाई भयो, सिकाइ भएनः महामन्त्री थापा

विद्यालयमा पढाई भयो, सिकाइ भएनः महामन्त्री थापा

- Advertisement -

नवलपरासी, माघ ११ । पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालयमा पढाई संगै सिकाइ गराउन शिक्षकहरु लाई आग्रह गर्नुभएको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ बेलाटारी स्थित त्रिभुवन माध्यमिक विद्यालयको ७२औं वार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले विद्यालयमा पढाई भयो तर सिकाइ नभएको बताउनु भएको छ । नेपालभरीका सबै विद्यालयमा पढाई भईरहेको छ । तर परिणाम किन आईरहेको छैन् थापाले प्रश्न गर्नुभएको छ । विद्यालयमा पढाईने अनिवार्य विषयहरुमा विद्यार्थीहरुको खासै उपल्बधी नदेखिएको उहाँले बताउनु भएको छ । महामन्त्री थापाले भन्नुभयो, “अहिलेका केटाकेटीहरु कस्तो पढ्छन् र के सिकछन् ? हामि सबैको भविष्य यिनैका हातमा छ ।” हरेक विद्यालयमा पुस्तकालय र प्रयोगशाला आवश्यक छ । जस्को माध्यमले विद्यार्थीहरु लाई पढाई संगै सिकाइ पनि हुन्छ । उहाँले भन्नुभयो, “अब संसारमा जे मौका छ, त्यो छोप्ने गरी विद्यार्थी बनौं । यिनले सिके भने २० वर्ष भित्रमा नेपाल धनी बन्यो । नभए जले जति बोलेर पनि कहिँ केही हुदैन ।” नेपाल युवा पुस्ताले भरिएको देश छ । अहिलेको युवाले नै देश बनाउने हो ।

त्यसैले अहिलेका विद्यार्थीहरुमा आधुनिक आवश्यकता अनुसारको सिकाइ गराउन आवश्यक रहेको बताउनु भएको छ । भौतिक पूर्वधारका विसका भत्कयो भने पछि बनाउन सकिन्छ । तर अहिले विद्यार्थीहरु को शैक्षिक गुणस्तर विग्रयो भने बनाउन पाईदैन त्यसैले हामिलाई देश बनाउन अन्तिम मौका छ विद्यार्थीमा सिकाइ गराउनु आवश्यक छ, थापाले भन्नुभयो । उहाँले पछिल्लो राजनितिक घटना क्रम सम्झदै भन्नुभयो, २०४६ सालपछि एउटा मौका पाईयो, तर पछि देश अनावश्यक युद्ध र संक्रमणकालमा फस्यो, र एक दशक संविधान बनाउनमा गयो । अब एकदशमा देशलाई बनाउन सकिएन भने देश नबन्ने भन्नुभएको छ । यसैगरी गाउँपालिकाकै सेमरी स्थित आदर्श क्याम्पस सेमरीको भवन शिलान्यास पनि थापाले गर्नु हो ।

पूर्व संविधान सभा सदस्य एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले शिक्षालाई उत्पादन मुखि बनाउनु पर्ने बताउनु भएको छ । विद्यार्थीको शिक्षालाई उत्पादनमा आधारित तथा आधुनिक प्रविधिमैत्रि बनाउन शिक्षकहरु लाई जोड्दिन उहाँले भन्नुभएको छ ।

गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले शिक्षाका सुधारका लागि गाउँपालिकाले काम गरिरहेको बताउनु भएको छ । गाउँपालिका भित्र रहेका विद्यालयको पूर्वधार एवं शैक्षिक गुणस्तरमा कुनै कमि नराख्ने बताउनु भएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्