Saturday, April 13, 2024
घरअन्यविद्यालयबाट फर्कँदा दाजु बहिनीको खोलाले बगाएर मृत्यु

विद्यालयबाट फर्कँदा दाजु बहिनीको खोलाले बगाएर मृत्यु

- Advertisement -spot_img

रुकुम पश्चिम, भदौ १८ गते । रूकुम पश्चिममा खोलाले बगाउँदा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया  छोरी भावनाको आइतबार अपराह्न  ४ बजे विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार उनीहरूलाई स्थानीय नाउलाखोलाले बगाएको हो । मनोजको शव १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको उहाँले बताउनुभयो ।

बाढी आएको बेला खोला तर्ने क्रममा दुई भाइबहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्ययनरत थिए । मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए। आइतबार दिउँसो हावाहुरीसँगै ठुलो वर्षा भएको थियो । आजको गोरखापत्रमा छापिएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्