Tuesday, October 8, 2024
घरकृषिबिक्रेताले नलगेपछि गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

बिक्रेताले नलगेपछि गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

- Advertisement -spot_img

परासी, २२ पुष । हिउँदेबाली लगाउनका लागि ल्याईएको मललाई बिक्रेताले नउठाएपछि गोदाममै थन्किएको छ । पश्चिम नवलपरासीको कृषि समाग्री कम्पनी लिमिटेड, परासी, नवलपरासीले हिउँदे बाली लगाउनका लागि ल्याएको मललाई जिल्लामा रहेका बिक्रेता संस्थाहरु (सहकारी) ले नठाएपछि युरीया र डिएपी मल क्मपनीको गोदाममा थन्किएको छ ।

जिल्लाको ९ वटा विक्रेता संस्थाहरु (सहकारी) ले मल नलगेको कृषि समाग्री कम्पनी लिमिटेड, परासी, नवलपरासीका प्रमुख नरहरी पोखरेलले बताउनु भयो । हिउँदे बाली गँहु, तोरी, मसुरो तथा उँखुको लागि ल्याईएको मललाई विभिन्न ९ वटा बिक्रेता संस्थाहरुले नउठाको पोखरेलले भन्नु भयो । धेरैपटक पत्राचार गर्दा पनि उहाँहरुले उठाउन नमानेपछि उहाँहरुको भागमा परेको मल गोदाममै राख्नुपर्ने बाध्यता रहेको उहाँले भन्नु भयो । जिल्लामा रहेको ७ वटै पालिकाहरुले आ–आफ्नो पालिका भित्र रहेका विक्रेता संस्थाहरुको नामसहित के–कति परिमाणमा मल दिने भनेर कृषि समाग्री कम्पनीलाई पत्रनै पठाएको थियो । उक्त पत्रनुसार कृषि समाग्री कम्पनी लिमिटेड परासीले बिक्रेता संस्थाहरु लाई मल दिन (वितरण) सुरु गरेको थियो । तर ९ वटा बिक्रेता (सहकारी) संस्थाहरु का नाममा रहेको मल उनिहरु नउठाएपछि ७१.३ मेट्रिक टन मल गोदाममा थन्किएको कृषि समाग्री कम्पनीले जनाएको छ ।
कृषि समाग्री कम्पनीका प्रमुख नरहरी पोखरलेका अनुसार रामग्राम नगरपालिका भित्र रहेको परासी आदर्श बहुद्देश्यी सहकारी संस्था लि., त्रिदेव बचत÷क्रृण सहकारी सं.लि., पाल्हीनन्दन बचत÷ क्रृण सहकारी सं. र साना किसान कृषि सहकारी संस्था लि. ले मल उठाएको छैन् । त्यस्तै सुनवल नगरपालिकाको स्वाठी कृषि सहकारी सं. लि. र प्रतापपुरको रामजानकी कृषि सहकारी संस्था लि. ले मल उठाएको छैन् । यस्तै पाल्हीनन्दन गाउँपालिकाको कुश्मा बचत सहकारी संस्था लि., परासिया कृषि बचत÷क्रृण सहकारी संस्था लि. र सनही कृषि सहकारी संस्था लि. गरी जम्मा ९ वटा सहरकारी संस्थाले मल उठाउन बाँकी रहेको जिल्ला कृषि समाग्री कम्पनीको भनाई छ । अहिले जिल्ला भित्र ७४ वटा बिक्रेता (सहकारी) संस्थाहरु रहेका छन् ।

कृषि समाग्री कम्पनी परासीले अहिले सम्म ४ लटमा मल वितरण गरेको छ । जस्मा प्रतापपुरको रामजानकी कृषि सहकारी संस्थाले एकपटक पनि मल नउठाएको कृषि समाग्री कम्पनीका प्रमुख पोखरेलले भन्नु भयो । यता रामजानकी कृषि सहकारी सहकारी संस्थाका सागर यादवले आन्तरीक तनावले मल उठाउन ढिलो भएको बताउनु भएको छ । उहाँले अब यही महिना भित्र मल उठाएर किसानलाई वितरण गरिने भन्नु भयो । यस्तै त्रिदेव बचत÷क्रृण सहकारी संस्थाका व्यवस्थापक पुरुषोत्त तिवारीले हामि साल्ट ट्रेडिङ्ग कम्पनीको पनि मल वितरण गर्ने भएकोले कृषि समाग्री कम्पनीको मल उठाउन ढिलाई भएको र छिटै् उठाएर किसानहरु मा वितरण गरिने बताउनु भयो । कृषि समाग्री कम्पनी लिमिटेड परासीले साउन देखि अहिले सम्म १ हजार ६ सय ३९ दशमलव ४ मेट्रिक टन मल वितरण गरिसकेको छ ।

जिल्लामा हिउँदे खेति करिब १९ हजार हेक्टर क्षेत्रफल हुने गरेको कृषि ज्ञान केन्द्र नवलपरासीको तथ्यांकले देखाउँछ । अहिले किसान युरिया मलको आवश्यकता बढी हुन्छ । हिउँदे बाली लगाईसकेका किसानहरु ले अहिले युरिया छर्ने समय हो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्