परासी, २४ साउन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ७ उजैनि गाँउ नजिकै माटोको एक ठुलो ढिस्को रहेको छ जसलाई रामग्राम स्तूप भनिन्छ ।
आज देखि करीब २५ सय वर्ष पुरानो तथा ईसापुर्व ५ सय पुरानो यो स्तूप कोलिया गणराज्यका तत्कालिन राजा द्धारा निर्माण गरीएको स्तुप वारे जानकार विद्धान डा.कौशलेन्द्र श्रीवास्तवले बताउनु यभो । बुद्धको जन्म स्थल लुम्बिनि जस्तै महत्व बोकेको रामग्राम स्तूप विकासको प्रखाईमा छ । स्तूपमा कुनै प्रकारको भौतिक पुर्वाधार निर्माण भएको पाईदैन । यो स्तूपमा संरक्षण र विकासको अभावमा ओझले परेको छ । नत कुनै प्रकारको प्रचार प्रसार समाग्रि नै छ् । अन्तराष्ट्रिय स्तरमा चिनिएको नवलपरासीको रामग्राम स्तूप ओझेलमा परेपछि चिन्ताको विषय बनेको छ ।

डा.कौशलेन्द्र श्रीवास्तवका अनुसार बौद्ध स्तूप अन्य स्थानमा पनि छ, तर रामग्राम स्तूपको महत्व फरक छ । बुद्धको परिनिर्वाण पश्चात विभिन्न राजाले स्थापना गरेका आठ स्तूप मध्ये सिगोँ अस्तु भाग रहेको स्तुप रामग्राम स्तूप हो बाँकी ७ वटा स्तूपको उत्खनन गराइ तत्कालिन मगध सम्राट अशोक मौर्यले ति अस्थिलाई धेरै धन्दा धेरै मानिसले पुजा गर्न पाउ भनि ८४ हजार टुक्रा गरी विभिन्न राज्यमा बाडेर स्तूप बनाउन लगाएका थिए, तर रामग्राम स्तूपको उत्खनन उनले स्तूपको सुरक्षार्थ नागजातीको आग्रहमा उत्खनन नगराई दिदा सिगोँ भाग बचेको श्रीवास्तवले भन्नु भयो । यस स्तूपको महत्व थाह भएको बौद्धिष्टहरु यहाँ एकपटक नपुगि नहुने भन्छन् । रामग्राम स्तूपको थोरै माटो भएपनि माटो र ढिस्को मै रहेको रुखको पत समेत टिपेर लैजाने गरेका छन् । स्तूपको महत्वबारे बौद्धधर्म ग्रन्थ त्रिपिटक मा पनि उल्लेख गरीएको उहाँले भन्नु भयो । बौद्ध धर्मका अनुसार अतिनै महत्व बोकेको यस रामगं्राम स्तूपको पुजा तथा भ्रमण अवलोकन गर्ने विभिन्न देशका बाह्य पर्यटकहरु र आन्तरीक पर्यटकहरु आउने गर्दछन् ।स्तूप क्षेत्र भित्र कुनै पनि किसिमको भौतिक संरचना वा कलामुर्ति तथा सुन्दरीकरण नभएको हुनाले यहाँ आउने पर्यटकहरु स्तूप भनेर चिनिएको ढिस्कोको मात्र फोटो खिचेर जाने गरेका छन् ।
अन्तराष्ट्रिय स्तरमा पनि चिनिएको यो स्तूपमा बाह्र्य पर्यटकहरु आँउदा उनिहरुको बसाई केही घण्टाको लागि मात्र हुने गर्छ । उनिहरु आएपछि पुजा प्राथना सकिए लगतै भैरहवा लुम्बिनि वा अन्य ठाँउमा रात्रि बसाई गर्ने गरेका छन् । यहाँ लज होटेल, खानेपानी, शौचालय, पार्क र प्राथना गर्ने लगायतका विभिन्न भौतिक संरचनाको अभावले पर्यटकहरु उत्तिखेरै फर्किने गरेको देखिन्छ । रामग्राम स्तूप विकासका लागि गुरुयोजना निर्माण, त्यसको संरक्षण र प्रवद्र्धनमा कसैको पनि चाँसो नहुँदा स्तूपको विकास हुन सकेको छ्रैन् । अझै विदेशी पर्यटकहरु लाई घुमाउन वा गाईड गर्न भारतीयहरु आउने गरेको हुनाले पनि यस्को महत्व वारे खासै प्रचार हुन सकेको छैन् । यहाँ चिन, थाईल्याण्ड, भेतनाम, जापान, श्रीलंका, कोरिया लगायतका ठाउँबाट पर्यटकहरु आउने गरेका छन् ।
रामग्राम स्तूप विकासको लागि स्तुप वरीपरी भएको करीब १८ विग्हा जग्गाहरुमा लुम्बिनी विकास कोष बाहेक अरु कसैले पनि केहि गर्न नपाउने रहेको छ । हाल यो जग्गाहरु पशुचौपायाहरु का लागि चरन क्षेत्रमा सिमित रहेको छ । ति खालि जग्गामा कुनैपनि प्रकारको भौतिक संरचना रहेको छैन् । कोषले आफ्नो खर्चमा दुई जना सुरक्षा गार्ड राखेको छ तर त्यस बाहेक अन्य लगानी नदेखिएको रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास अध्यक्षका अध्यक्ष शम्भु उपाध्ययले बताउनु भएको छ । लुम्बिनी विकास कोष संग लगानी हुँदा हुँदै पनि रामग्राम स्तपुलाई विकासमा पछि पारेको छ । रामग्राम स्तूप विकास नहुनुमा लुम्बिनी विकास कोषको ठुलो षड्यन्त्र रहेको उपाध्ययको भनाई छ । उपाध्यले लुम्बिनी विकास कोष जस्तै रामग्राम स्तूप विकास कोष गठन गर्न स्थानिय सरकार रामग्राम नगरपालिका संग माग गरीएको भन्नु भयो । लुम्बिनीमा नेपाल सरकार द्धारा करोडौंको बजेटहरु आँउछ तर रामग्राम स्तूपमा बजेट विनियोजन नगर्दा यो ओझेलमा परेको छ ।
रामग्राम स्तूपमा पुगेन लुम्बिनी विकास कोषको ध्यायन, रामग्रामले बनायो रामग्राम स्तुप विकास कोष ऐन

लोमो समय देखि विकासको पर्खाईमा रहेको रामग्राम स्तूप विकासको लागि रामग्राम नगरपालिकाले नेतृत्व गर्ने त्यारी गरेको छ । रामग्राम नगरपालिकाका मेयर धनपत यादवले स्तुप विकासका लागि नगरपालिकाको तर्फ बाट विशेष पहल गर्ने बताउनु भयो । ओझेलमा परेको स्तूप रामग्राम नगरपालिका को एक गहना भएको ले यसलाई विकास गर्नको लागि रामग्राम कोष स्थापना गर्न लागेको नगरपालिका प्रमुख यादवले बताएका छन् । लुम्बिनी विकास कोषको अधिनमा रहेको उक्त स्तूपलाई वेवास्ताले ओझेलमा परेको छ । लुम्बिनी विकास कोष लुम्बिनी मै सिमित रहेर काम गरेपछि रामग्राम नगरपालिकाले रामग्राम विकास कोष ऐन ल्याएर स्तूप विकास गर्ने लक्ष्य रहेको नगरप्रमुख यादवले भने । लुम्बिनी विकास कोषले नत रामग्राम स्तूपमा केही काम गर्छ नत रामग्राम नगरपालिकालाई गर्न अनुमति दिन्छ जस्को कारणले रामग्राम स्तूप विकासको पर्खाईमा रहेको नगरप्रमुख यादवको भनाई छ । विकास नभएकै कारणले ठुलो महत्व बोकेको रामग्राम स्तुप खासै व्यवस्थित देखिदैन् । त्यसैले रामग्राम नगरपालिकाको ठुलो पर्यटकिय सम्भावना रहेको रामग्राम स्तूप विकास गर्नको लागि कार्यविधि बनाएर रामग्राम विकास कोष ऐन १२ औं नगरसभा बाट पास गरेको नगरपालिकाका मेयर यादवले बताए ।