Thursday, January 16, 2025
घरपर्यटनवाल्मीकी आश्रम क्षेत्रमा उत्खन्न र संरक्षणको माग

वाल्मीकी आश्रम क्षेत्रमा उत्खन्न र संरक्षणको माग

- Advertisement -spot_img


परासी, पुष २३ । चितवन जिल्लाको माडी नगरपालिका १ मा रहेको वाल्मीकी आश्रम क्षेत्रमा उत्खन्न र संरक्षणको माग गरिएको छ । मन्दिरका मूल पुजारी शिखर सुुवेदीले उक्त क्षेत्रमा उत्खन्न गरी संरक्षण गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको छ ।

रामायणकालिन स्थलको रुपमा परिचित उक्त क्षेत्र पुरातात्विक रहेको भन्दै पुजारी सुवेदीले उत्खन्न गर्नुपर्ने बताउनु भएको छ । धेरै लामो समयदेखी पुजारीको रुपमा रहनु भएका सुवेदीले वाल्मीकी क्षेत्र पुरातत्वले भरिएको बताउनु भएको छ । जस्ले गर्दा उत्खन्न पश्चात वाल्मीकी आश्रमको प्रचार–प्रसार समेत हुने उहाँको भनाई छ । धार्मिक पुरातात्व क्षेत्रले भरिपूर्ण उक्त स्थलको प्रचार–प्रसारको अभावमा ओझेलमा समेत परेको बताउनु भएको छ । यस्तै संरक्षणको अभावमा उक्त क्षेत्रमा रहेको पुरातात्विक बस्तु समेत चोरी हुने गरेको पुजारी सुवेदीले भन्नु भएको छ । वाल्मीकी आश्रम पता लगाउने बेला गरिएको उत्खन्नमा भेटिएका भग्नावशेषहरु संरक्षण विना हराउने गरेको उहाँले बताउनु भएको छ । मन्दिरलाई वेवारीसे आवस्थमा छोड्दा यहाँका धेरै पुरातात्विक बस्तुहरु हराउने गरेको छ । उहाँले भन्नु भयो, “मन्दिरको म मूल पुजारी भएतापनि घरमुलीको अभावमा विकास नभएर मन्दिर ओझेलमा परेको छ । मन्दिर वरीपरि पुरातात्विक अवशेषहरु जताततै छरिएको छ । त्यसको संरक्षण विकास आवश्यक रहेकोे छ ।”

यसैगरी वाल्मीकी मन्दिरलाई संरक्षण प्रवद्र्धन एवं विकास लागि सम्बन्धित ठाँउहरुमा पहल गर्दै आएको माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतोले बताउनु भएको छ । नगरपालिकाको एक गहना तथा धार्मिक स्थलको रुपमा रहेको उक्त आश्रमलाई विकास गर्नका लागि नगरपालिका संधै प्रयासरत रहेको उहाँले भन्नुभयो । नगरपालिकाले धार्मिक बनको रुपमा विकास गर्न सोच बनाए पनि राष्ट्रिय निकुञ्ज भित्र पर्ने भएकोले गर्न नमिलेको मेयर महतोले बताउनु भएको छ । माडी १ का वडाअध्यक्ष अमित कुमार लामाले उक्त स्थानमा खानेपानी र शौचालय बनाएर अलि व्यवस्थित गरिएको बताउनु भएको छ ।

हाल वाल्मीकी आश्रम मन्दिर पुग्नका लागि भारत विहार हुँदै जानुपर्ने बाध्यता छ । भने केही महिना अगाडी निकुञ्जको जंगलमा गोरेटो बाटो बनाईएको छ । तर उक्त बाटो प्रयोग गर्न जंगली जनावरले चुनौती पनि रहेको त्यहाँ जाने श्रद्धालुहरु बताउने गरेका छन् ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्