Sunday, January 19, 2025
घरराजनीतिवर्तमान गठबन्धन लामो समयसम्म टिक्छ: विमलेन्द्र निधी

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ: विमलेन्द्र निधी

- Advertisement -spot_img

काठमाडौँ, साउन २० । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने बताउनु भएकाे छ ।

जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सांसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिनुभएकाले पनि यो गठबन्धन टिकाउ रहेको तर्क गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री निधीले वर्तमान गठबन्धनले राजनीतिक स्थायित्व मुलुकलाई प्रदान गर्ने बताउनु भयो । यसले देशमा विकासका बाटाहरू समेत प्रशस्त गर्ने दाबी उहाँको छ । 

उहाँले दुई ठुला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने स्पष्ट पार्नुभयो । गाेरखापत्र दैनिक अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्