Sunday, January 19, 2025
घरअर्थलुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयमा प्राधिकरणले लाइन काट्यो

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयमा प्राधिकरणले लाइन काट्यो

- Advertisement -spot_img

दाङ, मंसिर १२ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा नेपाल विद्युत प्राधिकरणाले लाइन काटेकाे छ । प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत् लाइन काटेपछि मन्रालय विद्युत्विहीन भएको छ ।

स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको मिटरमा उठेकाे महशुल नतिरेपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण लमही शाखाले जनाएको छ । विद्युत महशुल उठेकाे रकम भुक्तानी नभएपछि लाइन काटिएकाे हाे । कार्यालय प्रमुख युवराज रावतले बुटवलमा मन्त्रालयको नाममा जडान भएको विद्युत्को बाँकी बक्यौता दुई लाख ७२ हजार दुई सय ६४ रुपैयाँ ४४ पैसा  रहेको बताए । 

सो रकम भुक्तानी गर्ने विषयमा मन्त्रालयले चासो नदिएपछि बाध्य भएर राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् लाइन काट्नु परेको कार्यालय प्रमुख रावतको भनाइ छ  । मन्त्रालयमा मंसिर ५ गते नै विद्युत लाइन काटिएको हो ।

बिजुली जडान नहुँदा मन्त्रालयको कामकाज प्रभावित भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन शर्माले बिना जानकारी बिजुली काटिएको जिकिर गरे । उनले पत्र पठाउना साथ विद्युत् काट्नु गलत भएको बताए । महसुल भुक्तानीका लागि प्रक्रिया थालिएको उनको भनाइ छ । शिलापत्र अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्