Wednesday, April 17, 2024
घरपर्यटनलुम्बिनी केबलकार आज बन्द हुने

लुम्बिनी केबलकार आज बन्द हुने

- Advertisement -spot_img

सिद्धार्थनगर, असोज १४ गते । गत जेठ १५ गतेबाट रुपन्देहीको बुटवलमा सञ्चालनमा आएको बुटवल हिल्स जाने लुम्बिनी केबलकारको सेवा बन्द हुने भएको छ । बुटवलबाट पाल्पाको वसन्तपुर जाने केबलकारको सेवा तीन दिनसम्म बन्द रहने  व्यवस्थापनले जानकारी दिएको छ । 

असोज १४ गतेदेखि १७ गतेसम्म केबलकारको नियमित मर्मत सम्भारका लागि पूर्ण रुपमा सेवा बन्द गरिने लुम्बिनी केबलकार लिमिटेडका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिनुभयो ।

केबलकारमा बेलाबखत चल्दाचल्दै रोकिने समस्या देखिने गरेकाले यसको मर्मत गरिनेछ ।व्यवस्थापनले भने कुनै प्राविधिक समस्या आएर नभई नियमित प्रक्रिया अन्तर्गत पहिलो पटक सेवा बन्द गरेर मर्मत सम्भार गर्न लागिएको जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्