परासी, माघ ९ । लुम्बिनी विकास कोषले रामग्राम नगरपालिकाको रामग्राम स्तूपदेखि धम्म यात्रा (बससेवा) सुरु गरेको छ । कोषले विद्युतीय बसको शुभारम्भ (सञ्चालन) गर्दै रामग्राम स्तूपदेखि लुम्बनी धम्म यात्रा सुरु गरेको छ ।

बुधवार रामग्राम नगरपालिका र लुम्बनी विकास कोषले स्तूपदेखी लुम्बनी घुम्न जाने यात्रुहरुका लागि लुम्बिनी धम्म यात्रा बससेवा सुरु गरेको रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताउनु भएको छ । लुम्बिनी विकास कोषले लुम्बिनीमा रहेको विद्युतीय बसलाई रामग्राम स्तूपबाट निरन्तर रुपमा सञ्चालनका लागि आजदेखि सुरु गरिएको उहाँले बताउनु भएको छ । बस रामग्राम स्तूपदेखी, परासी बजार परिक्रममा गर्दै भैरहवा हुँदै लुम्बिनी जान्छ । रामग्राम स्तूपलाई लुम्बिनी संग जोड्नका लागि गरिएको पटक–पटकको प्रयास आज सफल भएको मेयर यादवले बताउनु भएको छ । जस्ले गर्दा ओझेलमा परेको रामग्राम स्तूप समेतको प्रचार–प्रसार हुने उहाँले भन्नुभयो । लुम्बिनी विकास कोषले तिर्थयात्रीका लागि ल्याएको विद्युतीय बस लामो समयदेखि सञ्चालन गर्न नसक्दा आलोचना पछि सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले लुम्बिनी धम्म यात्राका लागि सञ्चालनमा ल्याईएको विद्युतीय बस दानपेटीकामा दान मार्फत सञ्चालनमा ल्याईएको बताउनु भएको छ । उक्त बसको बसचालकको छेउमा राखिएको दानपेटीकामा दानमार्फत चलाउने उहाँले बताउनु भएको छ । बसमा यात्रा गर्ने यात्रुहरुले स्वेच्छिक रुपमा दानपेटीकामा दान गर्न सक्ने भट्टराईले बताउनु भएको छ । दुईवटा रहेको विद्युतीय बस पुष चार गतेदेखि सञ्चालनमा आएको हो । जस्मा एकवटा बस रुपन्देहीको बेलहहिया नाका (सुनौली) बाट र एक वटा बस रुपन्देहीको देवदह र नवलपरासीको रामग्राम स्तूपबाट चलाईने बताईएको छ । रामग्राम स्तूपबाट बसलाई हप्ताका तीन दिन आईतवार, मंगलवार र विहिवार सञ्चालन हुने हो । भने शनिवारका लागि आलोपालो गरि चलाईन्छ ।
यसरी बुद्धसंग सम्बन्धित पर्यटकीय स्तलहरुको प्रचार–प्रसार हुनुका साथै पर्यटकहरुको अवागमन समेत बढने कोषले जनाएको छ ।