Sunday, March 16, 2025
घरराजनीतिलुम्बिनीको मुख्यमन्त्रीमा आचार्यको दावी पेस

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यको दावी पेस

- Advertisement -

बुटवल, साउन ७ ।  लुम्बिनीको मुख्यमन्त्रीका लागि नेकपा (एमाले)का लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गर्नुभएकाे छ । 

आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नका लागि प्रदेश प्रमुखसमक्ष दावी पेस गर्नु भएकाे छ । नेपाली कांग्रेस र नेकपा एमालेका ५६ जना सांसदको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेस गरिएको हो । लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व पहिले एमालेले गर्ने सहमति भएपछि सोमबार एमालेका उपनेता आचार्यले मुख्यमन्त्रीमा दावी पेस गर्नुभएको हो ।

त्यसअघि मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश सभामा सम्बोधन गर्नुहुँदै  राजीनामा दिएसँगै मुख्यमन्त्रीको पद रिक्त भएको थियो । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज साँझ ६ बजे सम्मको समय सीमा दिएर दलहरुलाई आह्वान गर्नुभएको थियो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्