Wednesday, October 9, 2024
घरराजनीतिलुम्बिनीका शीर्ष नेतालाई ओलीको निर्देशन– प्रदेश नेतृत्वबारे आजै साँझ सहमति गर्नुस्

लुम्बिनीका शीर्ष नेतालाई ओलीको निर्देशन– प्रदेश नेतृत्वबारे आजै साँझ सहमति गर्नुस्

- Advertisement -spot_img

बुटवल, १६ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझसम्म प्रदेश नेतृत्वमा सहमति जुटाउन लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुलाई निर्देशन दिउका छन् ।

एमाले प्रदेश अधिवेशन उदघाटन समारोहलाई शनिवार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुङ्ग्याउन निर्देशन दिएका हुन् । प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने उनले बताए । “पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली आउनुभएको छैन, विष्णु पौडेल हुनुहुन्छ, महासचिव शंकर पोखरेल काम विशेषले बाहिर जानुभएको छ, उपमहासचिव प्रदिप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा जस्ता नेता यही हुनुहुन्छ, प्रदेशकी इन्चार्ज केन्द्रीय सचिव पद्य्मा अर्याल पनि हुनुहुन्छ, तपाईहरु आजै साँझ बस्नुस् र नेतृत्वबारे सहमति गर्नुस्”–उनले भने ,

अध्यक्ष ओलीले कोही कसैले नेताका नाममा कुरा नगर्न निर्देशन दिँदै कसैको आर्शीवाद भएर हुँदैन आफ्नो क्षमताले नेतृत्व गर्नुपर्ने बताए ।

उनले भने– तपाईँहरू बस्नुस् कुरा टुंगाउनुस, सबै सहमतिमा बाहिर आउनुपर्छ । यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस् । यो पार्टीको क्लियर कुरा हो । तपाईँहरूले आज बसेर सहमति गर्नुस् म भोलि घोषणा गर्छु । लुम्बिनीबाट सिंगो देशवासीलाई, पार्टी कमिटीलाई सन्देश दिनुपर्ने छ ।

अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाट राजनीतिक जागरणका हिसाबले ऐतिहासिक क्षेत्रबाट एमालेको बलियो किल्ला, सिंगो कम्युनिष्ट पार्टीको उद्गमस्थलबाट एमालेले एकताको सन्देश दिनुपर्ने बताए ।

नेकपा एमालेले पार्टीको लोकतान्त्रिक प्रक्रिया सबैभन्दा पहिले सुरु गरेको बताउँदै ओलीले भने– यो अधिवेशन प्रादेशिक संरचना गएर कर्मकाण्डी पूरा गर्न अधिवेशन गरिएको होइन, एमालेले कर्मकाण्डका लागि होइन, आवधिक रूपमा उद्देश्यसहित अधिवेशन गर्न थालेको छ । अरू पार्टीजस्तो जसरी पनि सरकार टिकाउन बनेको पार्टी होइन । सुशासन र समृद्धिको लागि नेतृत्व गर्ने सरकार बनाउने, देश र जनताका लागि काम गर्ने सरकार चलाउन चाहने पार्टी हो । चुनावदेखि चुनावसम्म र सरकारदेखि सरकारसम्म पुग्ने गरी बनेको पार्टी होइन, यसमा आम एमालेका कार्यकर्ताले सबैलाई जवाफ दिनुपर्छ । ओलीले पार्टीको लडाई सधैँ प्रतिक्रियावादी, विकास र सम्बृद्धिका विरोधीसँग हुने बताए ।

अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको दाबी गरे । ‘रोप्ने बबुलको रुख खोज्ने स्याउ, बनाउने सरकार अनि खोज्ने विकास, यस्तो । हामीले सुरु गरेका विकासका योजना अहिले सबै अलपत्र छन्, ’उनले भने ।

अहिले सरकारले चलाएको अनावश्यक घोषणलाई व्यङ्ग्य गर्दै ओलीले भने– “भ्रष्टाचारतिरको मेरो अभियान रोकिन्न भने हुन्छ, विरुद्ध हटाए हुन्छ ।” सरकारमा भएका व्यक्तिहरू, उनीहरूका आसेपासे जोडिएका घटना सबै गुपचुप बनाउने गरिएको ओलीले बताए । Butwaltuday

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्