Thursday, December 5, 2024
घरराजनीतिलुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

- Advertisement -spot_img

बुटवल,३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाउनु भएकाे छ। मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा १ अनुसार विश्वासको मत माग भएकोमा उहाँकाे पक्षमा सत्ता गठबन्धनका ५ दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जनाले मत दिए।

८६ सदस्यीय प्रदेश सभामा वहुमतका लागि ४४ मत चाहिन्छ । मुख्यमन्त्रीले राखेको प्रस्तावको विपक्षमा कांग्रेस र जनमत पार्टीको २८ मत परेको छ । आजको प्रदेश सभा वैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ जना र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका ३ जना सांसद तटस्थ रहे ।

महरा गत चैत २३ गते शुक्रबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएकाे थियाे । महरालाई गठबन्धन दल एमालेको २९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्